बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • विहिवारदेखि सार्वजनिक यातायातको साधन सञ्चालनमा आउने

    समिकरण न्युज २०७७, ३१ भाद्र बुधबार १७:५४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सञ्चालनमा रोक लगाइएको सार्वजनिक सवारी साधनहरु विहिवार (असोज १) देखि सञ्चालनमा आउने भएको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको सूचना अनुसार सार्वजनिक यातायातमा चालक सहित सिट क्षमताको वढीमा ५० प्रतिसत यात्रुलाई मात्र यात्रा गराउन पाइने छ । जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने गरि सञ्चालनमा ल्याउन लागिएको सार्वजनिक यातायातमा एक पङ्तीको सिटमा सामाजिक दुरी कायम गरी १ जना यात्रुलाई मात्र राख्नुपर्ने उक्त सूचनामा उल्लेख गरिएको छ । ट्याक्सीमा भने चालक सहित २ जना सम्म र परिवार भित्रका ५ वर्ष सम्मका बालबालिकालाई सवार गराउन पाइने छ । प्रमुख जिल्ला अधिकारी ढकालको अनुसार ट्याक्सी बाहेक यात्रुवहाक सवारी साधनले यात्रुबाट निर्धारित भाडा दर भन्दा ५० प्रतिसत वढी भाडा लिन पाउनेछन् ।
    यस्तै सार्वजनिक यातायातमा यात्रारत यात्रुहरुले अनिवार्य रुपमा माक्सको प्रयोग गरेको हुनुपर्ने र सवारी साधनमा स्यानीटाइजरको व्यवस्था गरिएको हुनुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ । चालक र सहचालकले माक्स, भाइजर र पञ्जा लगाएको हुनुपर्ने र जिल्ला प्रशासनबाट तयार परिएको मापदण्ड पालन भए नभएको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित अनुगमन र चेकजाँच समेत गर्नेछ ।
    विहिबारदेखि जिल्ला भित्र मात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय भएकोले अन्तर जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने विषयमा निर्णय हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।

    #जीवनशैली

    फेसबुक प्रतिक्रिया