बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कोरोना र मानसिक स्वास्थ्य

    समिकरण न्युज २०७७, १ आश्विन बिहीबार २०:०७ पढ्न लाग्ने समय 2 मिनेट

    सुदिप थापा
    जन–स्वास्थ्य अधिकृत (CICT Team)
    दुप्चेश्वर गाउँपालिका, नुवाकोट

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारणले वर्तमान परिस्थितमा जो कोही पनि चिन्तीत हुनु स्वभाविक नै हो । डर र त्रासले यो अवस्थालाई अझ बढी जटिल बनाइरहेको छ, नेपालमा पनि कोरोनाकै विषयलाई लिएर सामाजिक तथा मानसिक दुरव्यवहारहरु भैरहेको समचारहरु दिनहु रुपमा देख्न र सुन्न पाइन्छ ।
    यो भनेको स्वाास्थ्य सम्वन्धी आपतकालिन अवस्था हो र यो अवस्थामा एउटा व्यक्ति, परिवार र समुदाय मात्र नभई आर्थिक, सामाजिक, राजनैतिक तथा विकास निर्माण जस्ता सबै क्षेत्रमा प्रत्यक्ष तथा अप्रयत्यक्ष रुपमा असर परेको छ । यस्तो समयमा सही जानकारी दिनु लिनु र माया सद्धभाव कायम राख्नु हामी सबैको जिम्मेवारी हुन जान्छ तर कतिपय सामाजिक सञ्जालमा विभिन्न खाले अफ्वाह र हो हल्लाले गर्दा विद्यमान मानसिक दुव्र्यवहारलाई बढवा दिने हुनाले यस्ता कुराहरुले समाजलाई नै जोखिममा पार्नं सक्ने अवस्था रहन्छ । यो विभिन्न अफ्वाह , होहल्ला फैलाउने र अपुष्ट समाचारहरु सम्प्रेषण गरेर मानिसलाई आतंकित बनाउने समय होइन । अपुष्ट समाचार र मानिसहरुमा अज्ञानताका कारणले नकारात्मक सोचाइ विकसित हुन गई समाजमा दुव्यवहार र भेदभावको अवस्था कायमै रहन्छ ।
    हालको अवस्थामा नोवेल कोरोना भाइरसले शारिरिक अवस्थालाई मात्र प्रभावित नगरी यसले मानसिक स्वास्थ्यलाई पनि निकै प्रभाव पारेको छ । कोरोना भाइरसको बारेमा आफ्नो परिवार लगायत संक्रमित व्यक्तिहरुसँग खुलेर कुरा गर्नुहोस तर कोरोना भाइरसलाई कुनै पनि जाती, धर्म, संकृति र व्यक्तिको व्यक्तिगत कुराहरुसँग नदाज्नुहोस् । कोरोना भाइरसबाट मृत्यु भएको भन्दा पनि कोरोना संक्रमित भई निको भएको व्यक्तिहरुको उदाहरण दिनु होस् जसले गर्दा संक्रमित व्यक्ति अथवा अन्य व्यक्तिहरुलाई मानसिक रुपमा सवल हुन अझ बढी उर्जा प्राप्त हुन्छ ।
    कुनै पनि व्यक्तिले आफु संक्रमित हुदाँ अझ बढी माया र सद्धभावको आवश्यकता महसुुस गरिरहेको हुन्छन् । यो मानव प्रकृति नै हो । यो समयमा उसलाई माया र आदार गरेर बोलाउनुहोस, कसैलाई पनि कोरोना सारेको वा फैलाएको नभन्नुहोस किनभने कसैले पनि नियतवस संक्रमण फैलाएको हुदैन, यस कारणले गर्दा उनीहरुमा अझ बढी मानसिक तनाब उत्पन्न हुन्छ र कोही व्यक्ति संक्रमित भए भने पनि उनीहरु यसै आरोपित हुने भएकाले आफु संक्रमित भनि बताउन चाहदैनन् । यो अवस्था भनेको कोरोना संक्रमणको व्यवस्थापनको लागि चुनौतीको अवस्था हुनेछ ।
    भाइरसले कुनै धर्म,संस्कुति, व्यक्ति र समुदाय कसैलाई चिन्दैन जो कोही पनि संक्रमित हुन सक्दछन् र यो अवस्थामा सबै जना मानसिक रुपमा परिपक्क भई माया र सदभावका साथमा कोरोना पराजित गर्न उन्मुखहुन जरुरी छ । मानसिक स्वास्थ्य पनि मानव स्वास्थ्यको अपरिहार्य भाग हो, शरिरिक रुपमा मात्रै नभई मानसिक रुपमा पनि स्वस्थ रहनु हरेक मानिसको लागि अति आवश्यक हुन्छ । अहिलेको यो अवस्थामा कोरोनालाई लिएर मानसिक स्वास्थ्यलाई प्राथामिकता दिनु निकै आवश्यकता देखिन्छ । स्वस्थ्यकर्मी, जनप्रतिनिधि लगायत अन्य जिम्मेवार निकाय तथा सरोकारवाला व्यक्तिहरु आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व जति कुशलतापुर्वक निर्वाह गर्र्दछौँ त्यति नै सहजतरिकाले हामीले कोरोना संक्रमण र यसका सम्भावित सामाजिक, आर्थिक तथा मानसिक प्रभावहरुलाई न्यूनिकरण गर्न सक्छौँ । त्यसैले स्वास्थ्य क्षेत्रले अहिलेका तत्कालीन अवस्थामा जसरी शरिरिक स्वास्थ्यलाई महत्व दिईरहेको छ त्यसैगरी Preventive, Promotive , Curative स्वास्थ्य सेवाको माध्यम बाट मानसिक स्वास्थ्यलाई पनि बढवा दिदै लैजानुपर्ने देखिन्छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया