शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • संविधान दिवसको अवसरमा श्रेष्ठलाई दिइयो कैद माफी ।

    समिकरण न्युज २०७७, ३ आश्विन शनिबार १८:३२ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । संविधान दिवसको अवसरमा जिल्ला कारागार नुवाकोटमा रहेकामध्ये १ कैदीबन्दीले कैद माफी पाउनुभएको छ ।
    कैदमाफी पाउनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ६ की ५५ वर्षीया कान्छी श्रेष्ठ रहनुभएको छ । ज्यूदो बच्चा फालेको कसुरमा जिल्ला अदालतले ४ वर्ष कैद सजाय तोकेको थियो । श्रेष्ठ विसं २०७४ सालमा कैद भुक्तानको लागि जिल्ला कारागारमा आउनुभएको थियो । उहाँले दुई वर्ष सात महिना १५ दिन कैद भुक्तान गरिसक्नुभएको र चालचलनमा समेत सुधारमा आएकोले कैद माफी मिनाहा गरिएको जिल्ला कारागार नुवाकोटका सूचना अधिकारी दुर्गा वाग्लेले जानकारी दिनुभएको छ । जिल्ला कारागारमा १६ महिला र १ सय ४० जना पुरुष कैदीवन्दीहरु रहेका वागलेले बताउनुभएको छ ।
    श्रेष्ठसँगै देशभर रहेका कैदीबन्दी मध्ये २ सय ८९ जना कैदीबन्दीको कैद माफी मिनाहा गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया