बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कोरोना नियन्त्रणमा अब्बल दुप्चेश्वर गाउँपालिका

    समिकरण न्युज २०७७, ४ आश्विन आईतवार २१:२९ पढ्न लाग्ने समय 2 मिनेट

    अध्यक्ष योविन्द्रसिङ तामाङ
    दुप्चेश्वर गाउपालिका, नुवाकोट

    डिसेम्बर २०१९ मा चिनको वुहान सहरमा नोबेल कोरोना भाईरस (Covid-19) को पहिलो पटक पहिचान भयो । छोटो समयमा नै यो माहामारीको रुपमा परिबर्तन भएर सारा विश्वलाई नै जोखिममा परिणत गरायो । मानब प्रजातीको स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्र, धर्म, संस्कार र पूर्ण जिवन शैली तथा मानब सभ्यतालाई नै चुनौतीको रुपमा प्रस्तुत भई सारा क्षेत्र लाई नै प्रभावित तुल्यायो ।
    विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसबाट हाम्रो यस दुप्चेश्वर गाउँपालिका पनि अछुतो रहन सकेन । एकाएक नेपालमा पनि नोबेल कोरोना भाइरसको संक्रमण दर र जोखिम साथै जनमानसमा त्रास बढ्दै गएपछि र बैदेशिक रोजगारबाट नेपाल फर्कने जनमानिसहरुको बृद्धी भए पश्चात २०७६ फाल्गुन ९ मा दुप्चेश्वर गाउपालिकाको वडा नमबर २, वडा नम्बर ६ र वडा नम्बर ७ मा गरि तीन ठाउँको बिद्यालयमा क्वारेन्टाइन स्थापना गरियो । बैदेशिक रोजगार र छिमेकी मुलुक भारतबाट यस दुप्चेश्वर गाउँपालिकामा भित्रिएका मानिसहरुलाई अनिबार्य क्वारेन्टाइनमा राखे पछी आरडिटि परिक्षण गरि नेगेटिभ आएको खण्डमा घर जाने र पोजेटिभ आएको खण्डमा पिसिआर परिक्षण गरि रिपोर्ट अनुसार थप ब्यबस्था गरिएको थियो । पछी स्वास्थ्य कार्यालय नुवाकोट को निर्देशन अनुसार आरडिटि खारेज गरि सिधै पिसिआर परिक्षण गर्ने ब्यबस्था गरियो ।
    यसैक्रममा पिसिआर परिक्षण बाट असार ३ गते पहिलो पटक २ जनामा कोरोना भाइरस पोजेटिभ देखियो । उक्त व्यक्तिहरु भारतबाट दुप्चेश्वर गाउँपालिकामा भित्रिने बित्तिकै क्वारेन्टाइनमा मा राखिएको र समुदाय मा घुलमिल हुन नपाएको हुदा अबस्था सामान्य पूर्ण नै थियो तर जनमानसमा त्रास भने उत्तिकै थियो । यसै गरि असार २३ गते को पिसिआर रिपोर्ट अनुसार क्वारेन्टाइनमै रहेका दोश्रो व्यक्तिमा कोरोना पोजेटिभ देखियो र यसैगरी उक्त मिति सम्म दुप्चेश्वर गाउपालिका मा ३ जना कोरोना संक्रमित भेटीए । यो अबस्था सम्म आईपुग्दा दुप्चेश्वर गाउपालिका मा खासै चिन्ता जनक अबस्था थिएन तर समुदाय स्तरमा नोबेल कोरोना भाईरस को अबस्था के छ त ? कतै समुदाय स्तरमा त फैलिएको छैन ? भनेर Randomly Front-lineमा कामगर्ने, सिधै समुदाय संग भेटघाट हुने ११ जनाको साउन २३ गत पिसिआर परिक्षण गदा २६ गते प्राप्त रिपोर्ट अनुसार २ जना समुदाय को व्यक्ति र एक जना क्वारेन्टाइनमा रहेका व्यक्ति मा कोरोना पोजेटिभ देखियो । दुप्चेश्वर गाउँपालिकामा समुदाय स्तरमा Positive case देखिएको यो प्रथम पटक थियो । एकाएक दुप्चेश्वर गाउपालिका seal गरियो र Contact Tracing को काम अगाडी बढाइयो Positive case संग घुलमिल, भेटघाट भएका व्यक्तिहरु को Types of contact को आधार मा Close  Contact मा परेका र frontline मा काम गर्ने स्वास्थ्यकर्मी, जन प्रथिनिधीहरु र सुरक्षाकर्मी हरु गरि १२५ जना को मिति साउन २८ गते पिसिआर परिक्षण गरियो । सबै रिपोर्ट negative आएपछि समुदाय स्तरमा डर र त्रास कम भएता पनि कति पय Casual Contact मा रहेका व्यक्तिहरु र समुदाय स्तरमा सिधै घुलमिल र भेटघाट हुने जन प्रतिनिधि र केहि स्वास्थ्यकर्मी हरु गरि ७८ जना को पुनः मिति भदौँ ५ गते PCR नमुना संकलन गरि परिक्षणको लागि पठाईयो । पछिल्लो पटकको नतिजा पनि सबै negative आएपछि दुप्चेश्वर गाउपालिका हालसम्मको अबस्थामा समुदाय स्तरमा कोरोना covid-19 फैलिनसकेको कुरामा ढुक्क रह्यो । तर यस पालिकाका व्यक्तिहरु काठमाण्डौ जाने आउने क्रमजारि नै रहेकोले आगामी दिनहरुमा अबस्था चुनौतिपूर्ण बन्न सक्नेछ ।
    आजको मिति सम्म दुप्चेश्वर गाउँपालिका को Quarantine मा ११५ जना व्यक्तिहरुलाई राखिएको र जम्मा ६ जनामा positive case देखिएको अबस्था छ । काठमाण्डौबाट मानिसहरुको आउने जाने क्रम बढ्दै गएकोले आगामी दिनहरुमा काठमाण्डौबाट आएका व्यक्तिहरुलाई स्वयंको खर्चमा गाउपालिकाले तोकेको Quarantine मा अनिबार्य बस्न पर्ने निर्णय पालिकाले गरेको छ । काठमाण्डौ Risk zone मा रहेको महसुस गरि यस दुप्चेश्वर गाउपालिकाले समुदाय स्तरमा संक्रमण फैलिन नदिन र अबस्था गम्भिर हुन नदिन उक्त निर्णय लिएको हो ।
    समुदाय स्तरमा कोरोना फैलिन नदिन, Risk zone हरुमा आवत जावतमा कम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, नियमित र पटक पटक साबुनपानीले हातधुन, भिडभाडमा नजान, Sanitizer को समुचित प्रयोग गर्न र आफू अनि आफ्नो परिवार को सुरक्षा को लागि स्वयंले माथि उल्लेखित कुराहरु लागु गर्न दुप्चेश्वर गाउँपालिकाको तर्फबाट सबै नागरिकलाई आग्रह गर्दछु

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया