बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • दुप्चेश्वर गाउँपालिकामा ८ बेडको आइसोलेशन कक्ष तयार

    समिकरण न्युज २०७७, ६ आश्विन मंगलवार २२:२९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । कोरोना भाइरस सङ्क्रमण पुष्टि भए पश्चात सङ्क्रमितबाट अन्य व्यक्तिमा संक्रमण फैलन नपाओस भनेर विशेष सावधानीसहित उपचार गर्नको लागि दुप्चेश्वर गाउँपालिकामा आइसोलेशन कक्ष तयार गरिएको छ ।
    समुन्द्राटार स्वास्थ्य चौकीको नयाँ भवनमा ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको हो । रुडेक नेपालको सहयोगमा आइसुलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव श्रेष्ठले बताउनुभएको छ । आइसुलेशन कक्ष निर्माण गर्नलाई एस.सि.ए.आई. अष्टेलियाको सहयोगमा रुडेक नेपालले ८ थान बेड, १ थान इलेक्ट्रिक अक्सिजन मेसिन, १२ सेट पिपिइ, २ सय ५० थान भिटिएम् र माक्स उपलव्ध गराएको श्रेष्ठले जानकारी दिनुभएको छ ।
    ४१औँ सामाजिक सेवा दिवसको अवसर पारेर दुप्चेश्वर सहित शिवपुरी गाउँपालिकामा आइसुलेशन कक्ष तयार गर्नलाई रुडेक नेपालले सहयोग गरेको सस्थाका अध्यक्ष मिनकुमार केसीले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया