शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ सय २३ पुग्यो ।

    समिकरण न्युज २०७७, ७ आश्विन बुधबार १६:१९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । पछिल्लो २४ घण्टामा तादी गाउँपालिका ठेगाना भएका १ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भए छ । सङ्क्रमित व्यक्ति होम आइसुलेशनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरिक्षक जनार्दन सिलवालले जानकारी दिनुभएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ सय २३ पुगेको छ ।
    सङ्क्रमित मध्ये ८२ जना पुरुष र २६ जना महिला गरि १ सय ८ जना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल जिल्ला अस्पताल त्रिशुलीमा १४ जना सङ्क्रमित रहेको जनस्वास्थ्य निरिक्षक सिलवालले जानकारी दिनुभएको छ ।
    जिल्लाबाट कोरोना भाइरस परिक्षणको लागि ३ हजार ३ सय ५६ पुरुष र १ हजार ५३ महिला गरि ४ हजार ४ सय ९ को स्वाव सङ्कलन गरि पठाइएको थियो । ती मध्ये ६८ जना पुरुष र २५ जना महिलाको नतिजा आउन बाँकी रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया