
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको परिवर्तित कृषि सहकारी सस्था लिमिटेटको कार्य समिति पुनर्गठन गरिएको छ ।
सहकारीको पाचौँ वार्षिक साधारण सभाले सहकारीको कार्य समिति पुनर्गठन गरिएको हो । पुनर्गठित कार्य समितिको अध्यक्षमा मिनबहादुर गुरुङ चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सन्तबहादुर गुरुङ, सचिवमा विकास गुरुङ र कोषाध्यक्षमा स्वस्तिका तामाङ चयन भएका छन् । सहकारीको सदस्यहरुमा बेलकुमारी गुरुङ, सुमित्रा गुरुङ, आइतराम गुरुङ, कृष्णबहादुर गुरुङ र राजकुमार गुरुङ रहेका छन् ।
यस्तै सहकारीको लेखा समितिको संयोजकमा सुमन गुरुङ र सदस्यमा मनोज लामा रहेका छन् ।
ग्रामीण भेगमा सञ्चालित सहकारीको शेयर सदस्य १ सय ५० जना शेयर सदस्य रहेका छन् । विशेषगरी कृषकहरुलाई मल, कृषि औजार अनुदानमा उपलव्ध गराउनुको साथसाथै बचत र ऋण प्रवाह गर्दै आएको लेखा समिति संयोजक सुमन गुरुङले बताउनुभएको छ ।