शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • एक विद्यालय एक नर्स कार्यक्रम – नुवाकोटको २४ विद्यालयमा थप गरियो ।

    समिकरण न्युज २०७७, ८ आश्विन बिहीबार १३:४५ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । नुवाकोटको थप २४ वटा माध्यामिक तहको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ ।
    वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सूचना अनुसार एक स्थानीय तह दुई माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्न लागिएको हो । “एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६” मा उल्लेख गरिएको मापदण्ड अनुुसार स्थानीय तहबाट छनौट तथा सिफारिस भएका विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको छ ।
    सामाजिक विकास मन्त्रालयलले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १२ मा रहेको महेन्द्र माध्यामिक विद्यालय, वडा नम्बर ५ मा रहेको चन्द्रज्योती मध्यामिक विद्यालय, वेलकोटगढी नगरपालिकाको वडा नम्बर १० मा रहेको निरन्जना माध्यामिक विद्यालय, वडा नम्बर १३ मा रहेको शक्ति माध्यामिक विद्यालय एक विद्यालय एक नर्स कार्यक्रमको लागि छनौटमा परेको छ ।
    यस्तै दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ मा रहेको कौकेश्वरी माध्यामिक विद्यालय, वडा नम्बर ४ मा रहेको गोल्फुभञ्ज्याङ माध्यामिक विद्यालय, म्यागङ गाउँपालिकाको वडा नम्बर ३ मा रहेको देउराली माध्यामिक विद्यालय र भूमेदेवि माध्यामिक विद्यालय, ककनी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नवजीवन माध्यामिक विद्यालय, वडा नम्बर २ मा रहेको शिवालय माध्यामिक विद्यालय छनौटमा परेको छ । त्यस्तै शिवपुरी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको जनज्ञान निकेतन माध्यामिक विद्यालय, वडा नम्बर १ मा रहेको भूमेदेवी माध्यामिक विद्यालय, किस्पाङ गाउँपालिकाको वडा नम्बर ४ मा रहेको साल्मे माध्यामिक विद्यालय, वडा नम्बर २ मा रहेको ज्ञानज्योती माध्यामिक विद्यालय, लिखु गाउँपालिकाको वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यामिक विद्यालय, वडा नम्बर ६ मा रहेको महेन्द्र महेशदेव माध्यामिक विद्यालय पनि एक विद्यालय एक नर्स कार्यक्रमको लागि छनौटमा परेको छ ।
    यस्तै तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ मा रहेको दाङसिङ माध्यमिक विद्यालय, वडा नम्बर ५ मा रहेको शंखादेवी माध्यामिक विद्यालय, सूर्यगढी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गणेस माध्यामिक विद्यालय र कालिका माध्यामिक विद्यालय, पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको कालिका माध्यामिक विद्यालय, वडा नम्बर ४ मा रहेको उदयजालपा माध्यमिक विद्यालय र तादी गाउँपालिकाको वडा नम्बर १ मा रहेको सुन्दरादेवी माध्यामिक विद्यालय र वडा नम्बर ३ मा रहेको अमरज्योती माध्यामिक विद्यालय छनौटमा परेको समाजिक विकास मन्त्रालयलले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
    आर्थिक वर्ष २०७५÷ ७६ मा नमुना कार्यक्रमको रुपमा वागमती प्रदेशको १३ वटा जिल्लाका २० वटा सरकारी विद्यालयबाट यस कार्यक्रम सुरु गरिएको थियो । गत आर्थिक वर्षबाट थप १ सय १ विद्यालयमा यस कार्यक्रम कार्यान्वयन गरी प्रदेशको १ सय १९ वटै स्थानीय तहमा विस्तार गरिएको थियो । यस वर्ष एक स्थानीय तह दुई माध्यामिक विद्यालय छनौट गरिएको छ । यस कार्यक्रमको लागि प्रदेशको २ सय ३८ विद्यालय थप गरिएको हो ।

    विद्यालय तहबाट बालबालिकालाई सन्तुलित र पोसिलो खानेकुरा खाने तथा स्वस्थ जीवन शैली अपनाउन उत्प्रेरित गर्न, समग्र स्वास्थ्य सरसफाई र पोषण प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उदेस्यको साथ एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरिएको हो । मानसिक स्वास्थ्य र किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थामा सुधार गर्नका साथै विद्यार्थीको जीवन शैलीमा सकरात्मक परिवर्तन ल्याई स्वस्थ र सक्षम युवा तयार गरी यिनै बालबालिका तथा किशोरकिशोरीको माध्यमबाट समग्र समुदायकै स्वास्थ्य व्यवहारमा सकरात्मक परिवर्तन ल्याउन सहयोग पुगेको समेत बताइएको छ ।

    आ.व.०७७/०७८ मा एक विद्यालय एक नर्स कार्यक्रम विस्तारका लागि छनौट भएका विद्यालयहरुको विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया