बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा आवेदन फारम खुल्ला

    समिकरण न्युज २०७७, १० आश्विन शनिबार ०९:२४ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि आवेदन फारम खुल्ला भएको छ ।
    यसै शैक्षिक सत्रदेखि विदुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको तीन वर्षे बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्टको लागि आवेदन फारम खुल्ला भएको हो । तीन वटै विषयमा ४०÷४० सिट रहेको छ । आफ्नो सिट सुरक्षित गर्नको लागि यहि असोज १५ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलले बताउनुभएको छ । विदुर नगरपालिका वडा नम्बर १ इन्द्रायणी चौरमा पूर्वाधार निर्माण नहुन्जेल सम्म वान्द्रेमा रहेको सहिद प्रतिष्ठानको भवनमा अध्यापन गराउनको लागि पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले सम्झौता समेत गरिसकेको छ । प्रतिष्ठानले शिक्षालयलाई निशुल्क उपलव्ध गराउने सम्झौता गरेको समेत शिक्षालय प्रमुख प्याकुरेलले बताउनुभएको छ ।
    नुवाकोटको साथसाथै रसुवा र धादिङको समेत सेन्टरमा रहेको यस शिक्षालयबाट तीन वर्षे विद्यार्थीको कार्यकालबाट दक्ष जनशक्ति मार्फत सस्तो र सुलभ तरिकाले सीपयुक्त प्राविधिक उत्पादन गर्ने लक्ष्य लिएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि सिटिईभिटि मार्फत तथा स्थानीय तह मार्फत व्यवस्था गरिएका छात्रवृत्ति सम्वन्धी आरक्षित कोटा समेत रहेको शिक्षालय प्रमुख प्याकुरेलले बताउनुभएको छ ।
    यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट ज्ञानयुक्त, सिपयुक्त जनशक्ति उत्पादनमा विश्वास लिइएको बताउनुभएको छ । घोकन्ते शिक्षामा केन्द्रित भइरहेको अवस्थामा यस शिक्षालयले व्यवहाकि ज्ञान दिन सुभ अवसरको रुपमा स्थापना भएको बताउनुभएको छ । ग्रामीण पर्यटन विकासको लागि यस शिक्षालयले महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।
    विदुर नगरपालिकाको आर्थिक एवं अन्य व्यवस्थापन सहयोगमा सञ्चालन हुने भएकोले प्रत्येक विषयमा नगरपालिकाका शिक्षार्थीहरुका लागि प्रति ४ वटा आरक्षित कोटा छुट्याईएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभएको छ । नगरपालिकाको लागि आवस्यक कृषि तथा पशु प्राविधिकको माग गर्दा समेत दक्ष जनशक्ति उपलव्ध हुन नसकेको तितो यथार्थलाई चिर्न पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले सहयोग गर्ने अपेक्षा गरेको बताउनुभएको छ । इन्द्रायणी चौरमा भूकम्प पिडितहरु रहेकोले आफ्नै गाउँ फर्कन यस अघि नै विदुर नगरपालिकाले सूचना जारी गरिसकेको छ । इन्द्रायणी चौर खाली भए पश्चात त्यहाँ रहेको करिव १ सय ५० रोपनी जग्गामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको लागि पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढाइने मेयर पण्डितले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया