शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • एकै दिन तीन कृति सार्वजनिक

    समिकरण न्युज २०७७, १२ आश्विन सोमबार १९:५९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । सोमबार तीन वटा कृति सार्वजनिक गरिएको छ ।
    नुवाकोट साहित्य प्रतिष्ठानद्धारा आयोजित एक कार्यक्रमको बिच २ वटा डोडोइट्सु सङ्ग्रह र १ वटा बुसोकुसेकिका सङ्ग्रह सार्वजनिक गरिएको हो । ती मध्ये विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारका रामकृष्ण गजुरेल अमरको “कोरोनाको त्रास” डोडोइट्सु सङ्ग्रह र “आहुति” बुसोकुसेकिका सङ्ग्रह सार्वजनिक गरिएको हो । “कोरोनाको त्रास” डोडोइट्सु सङ्ग्रहमा कोरोना महामारीको विषयलाई वढी प्राथमिकता दिइएको छ भने “आहुति” बुसोकुसेकिका सङ्ग्रहमा सामाजिक विषयवस्तुलाई बढि प्राथमिकता दिइएको छ । यस अघि उहाँको “हो रहेछ” कविता सङ्ग्रह, “नेपाल आमाले दिएको कलम” खण्ड काव्य, “यथार्थको खोज” कविता सङ्ग्रह, “कर्कलाको पानी” मुक्तक सङ्ग्रह र “जूनको छाया” संयुक्त कटौती सङ्ग्रह प्रकासित भइसकेको छ । गजुरेलले हाल नुवाकोट साहत्यि प्रतिष्ठानका अध्यक्षको कार्यभार सम्हालिरहनुभएको छ ।
    यस्तै वेलकोटगढी नगरपालिका वडा नम्बर ४ सालखर्कका करण तामाङ घलानको “क्वारेन्टाइन” नामक डोडोइट्सु सङ्ग्रह सार्वजनिक गरिएको हो । उक्त सङ्ग्रहमा कोरोना भाइरसको कारण सिर्जित सामाजिक अवस्था देखि समसामयिक विषयवस्तुलाई समावेस गरिएको छ । यस अघि पनि उहाँको “उदास जिन्दगी” मुक्तक सङ्ग्रह प्रकासित भइसकेको छ ।
    कृति सार्वजनिक कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला प्रवक्ता राजु थापाले राजनैतिक परिवर्तनमा साहित्यको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ ।
    यस्तै नुवाकोट साहित्य प्रतिष्ठानका सस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले आयातित साहित्यको रुपमा डोडोइट्सु र बुसोकुसेकिका रहेकोले यो शैलीको साहित्यमा नेपाली सर्जककले कलम चलाउन थालेको बताउनुभएको छ । साथै उहाँले प्रतिष्ठानले वार्षिक रुपमा आयोजना गर्ने कार्यक्रम कोरोनाको कारण इस्थगित भएकोले त्यसलाई केही समय पछि सञ्चालन गरिने समेत बताउनुभएको छ ।
    सार्वजनिक गरिएको कृति माथी साहित्यकार शिवशुन्दर पुडासैनीले समिक्षा गर्नुभएको थियो । साथै श्रीधर पाण्डे, प्रदीक्षा वाइवा, रामराजा तिमिल्सना, लोकबहादुर पुडासैनी लगायतले रचना बाचन गरेका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया