शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • सरकारलाई सफल बनाउनमा कर्मचारीको महत्वपूर्ण हात रहन्छ –देवकाटा

    समिकरण न्युज २०७७, १५ आश्विन बिहीबार १८:२९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समितिका नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको छ ।
    विहिवार एक कार्यक्रमको विच कार्य समितिका पदाधिकारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण पश्चात केन्द्रीय अध्यक्ष देवकोटाले कार्य समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुहुदै सरकारलाई सफल बनाउनुमा कर्मचारीको महत्वपूर्ण हात हुने भएकोले कर्मचारीलाई उत्प्रेरित गर्नु आवस्यक रहेको बताउनुभएको छ । कर्मचारी समायोजनको क्रममा अन्याय भएता पनि आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको निर्णय मान्नै पर्ने अवस्था सिर्जना भएको समेत उहाँले बताउनुभएको छ । साथै कर्मचारीको सेवा सुविधा कटौती भएमा आफ्नो संगठनलाई मान्य नहुने उहाँको भनाई छ ।
    यस्तै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवं वागमती प्रदेशका अध्यक्ष शरण गुरुङले पार्टी एकता भएको लामो समय भइसक्दा पनि नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनबिच एकता हुन नसक्नु दुर्भाग्य भएको बताउनुभएको छ । उहाँले दुई संगठनलाई एक बनाएर तीनै तहको कर्मचारीको समस्या समाधान तर्फ लाग्नु अहिलेको आवस्यकता रहेको बताउनुभएको छ ।
    उक्त कार्यक्रममा काठमाडौं जिल्ला आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुव कार्की, नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटीका सदस्य विन्दा ढुंगाना, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य एवं नुवाकोट जिल्ला इन्चाज होमबहादुर खड्का लगायतले आधिकारिक ट्रेड युनियनको निर्वाचनमा आफ्नो पक्षलाई निर्वाचित गराउन नयाँ कार्यसमितिलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताएका छन् ।
    नयाँ समितिका अध्यक्ष पुष्कर शर्माले समस्त कर्मचारीहरुको हक हित र राज्यले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न र सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कुशल प्रशासन निर्माणको लागि सबै पक्षबाट साथको अपेक्षा गरेको समेत उहाँले बताउनुभएको छ । साथै उहाँले प्रत्येक स्थानीय तहमा संगठन विस्तार गर्न तर्फ लाग्ने बताउनुभएको छ ।


    कर्मचारी समायोजनको कारण नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समितिको पदहरु रिक्त रहेको थियो । रिक्त पदलाई केही दिन अघि मात्र परिपूर्ति गरिएको हो

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया