नुवाकोट । “शिक्षित स्वाबलम्वी र आत्मनिर्भर समाज निर्माण”को परिकल्पना सहित स्थापना भएको सामुदायिक विकास केन्द्र नेपाल (सिडिसि) स्थापनाको १२औ वर्ष पार गरेको छ । १२औँ वार्षिक साधारण सभाको अवसर पारेर सिडिसिले सामाजिक परिक्षण समेत सार्वजनिक गरेको छ । सामाजिक परिक्षण गर्नुहुदै स्वतन्त्र कन्सल्ट्यान्टका गणेश लामाले सेवा प्रवाह गर्ने निकायले सेवाग्राही माझ आफ्नो सबै गतिविधि प्रस्तुत गर्नु अत्यावस्यक रहेको बताउनुभएको छ । साथै उहाँले सामुदायिक विकास केन्द्र नेपालको कार्यशैलीको अनुसरण अन्य सेवा प्रवाह गर्ने सस्थाले अनुसरण गर्नु जरुरी रहेको बताउनुभएको छ ।
वाह्रौ वार्सिक साधारण सभाको अबसरमा सिडिसिमा कार्यरत तीन जना कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सिनियर वित्त तथा प्रशासन सहायक देबकुमारी श्रेष्ठ, कार्यक्रम सम्योजक प्रकाश सेजुवाल र सस्थाका उपाध्यक्ष नवराज सुवेदी रहेका छन् ।
सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम तथा साधाररण सभालाई संवोधन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले कोरोना भाइरसको कारण अपराधिक गतिबिधी उच्च हुन थालेकोले त्यस तर्फ सघसस्थाको ध्यान जानू आवस्यक रहेको बताउनु भएको छ । शैक्षिक गतिबिधिलाइ अनलाइअन मार्फत अगाडि बढाउदा बालबालिकाको ध्यान कता गएको छ भन्ने बिसयमा निगरानी गर्न नसक्दा बाल बिबाह, बलत्कार बेचबिखन जस्ता अपराधिक गतिबिधिमा बृद्धी हुन थालेको बताउनु भएको छ । साथै जिल्लामा कार्यरत सघसस्थालाइ एकीकृत रुपमा सन्चालन गर्न कार्ययोजना बनाएर अघि बढ्नु आवस्यक रहेको उहाको भनाइ रहेको छ ।
यस्तै महिलालाई सामाजिक कार्यमा सहभागिता गराउन सघ सस्थाले खेलेको भुमिका महत्वपुर्ण रहेको जिल्ला समन्वय समिती नुवाकोटका उपप्रमुख अप्सरा थापाले बताउनु भएको छ । साथै उहाले सरकारको लगानीमा सघसस्थालाई पनि सहभागिता गराउन सकेको खण्डमा काममा प्रभावकारिता हुने बताउनुभएको छ ।
उक्त कार्यक्रममामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमकुमार खाती, नेपाली काङ्रेस जिल्ला सचिव शिव दाहाल, उपभोक्ता हित संरक्षण मन्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पन्डित, नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिका सभापती गोकुलप्रसाद दाहाल, गैर सरकारी सस्था महासघ रसुवा अध्यक्ष बिनोद लामिछाने, नुवाकोट उपाध्यक्ष गोकर्ण नेपाल, पारस्परिक जवाफदेहिता परियोजना संयोजक दिपेश घिमिरे लगायतले सिडिसिद्धारा सञ्चालित कार्यक्रमहरुले समुदायमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए ।
दिगो जिबिकोपार्जन, शिक्षा, महिला र बालबालिका, स्वास्थ्य पोसण र सरसफाइ, विपद जोखिम न्युनिकरण उर्जा र जलबायु अनुकूल र सुशासनको विसयमा केन्द्रित भएर सिडिसिले काम गर्दै आइरहेको छ । रसुवा र नुवाकोट कार्यक्षेत्र बनाएर काम गरिरहेको यश सस्थाले आगामी दिनमा वागमती प्रदेशको सबै जिल्ल्ला कार्यक्षेत्र बनाउने योजनामा रहेको सिडिसिका कार्यकारी निर्देशक बिस्णुराज नेपालले बताउनु भएको छ ।
यस्तै कार्यक्रममा सिडिसिका सचिव दुर्गाप्रसाद ढुङ्गेलले वार्षिक प्रगति विवरण, कोषाध्यक्ष रामशरण मिजारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सिडिसिले पारस्परिक जवाफदेहिता परियोजना, खानेपानी सरसफाई र स्वच्छता तथा दिगो जिविको पार्जनका लागि समुदायको क्षमता अभिवृद्धि कार्यक्रम, आशा परियोजना, खानेपानी सरसफाई तथा स्वच्छता पूर्वाधार पूर्ननिर्माण अन्तर्गत रहेर पूर्णिमा कार्यक्रम र सामुदायिक पूर्वाधार तथा जिविकोपार्जन पूनर्लाभ कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभएको छ ।