बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • फिकुरीका युवाहरु सरसफाई अभियान लिएर घरघरमा

    समिकरण न्युज २०७७, १९ आश्विन सोमबार ११:२३ पढ्न लाग्ने समय < 1 मिनेट

    “गाउँ शहर बजार, सफा गर्ने रहर” भन्ने उदेस्यको साथ किस्पाङ गाउँपालिका वडा नम्बर २ फिकुरीका युवाहरु सरसफाई अभियानमा जुटेका छन् ।
    शुक्रवारदेखि अभियानमा जुटेका युवाहरु स्थानीयहरुको घरघरमा पुगेर वरपरको वातावरण सरसरफाई गर्नको लागि उत्प्रेरणा समेत दिइरहेका छन् ।

    स्थानीयको घर र वरपरकोे सरसफाइको अबस्थालाई तीन भागमा विभाजन गरेर कार्ड समेत टास्ने उनीहरुले गरेका छन् । उत्कृष्ट अथवा पुर्ण सरसफाइ भएको घरमा हरियो कार्ड, सरसफाइ हल्का भएको अथवा सुधारिदै गरेको घरमा निलो कार्ड र अत्ति फोहोर घरमा रातो कार्ड टास्ने गरिएको सरसफाई अभियन्ता सन्तोष ढुङ्गेलले बताउनुभएको छ ।

    उहाँको अनुसार समृद्ध किस्पाङ्ग टिम तथा टोल टोलका युवाहरु मिलेर साविकको फिकुरी गाउँ विकास समिति वडा नम्बर ५ र ६ मा अभियान लिएर पुगिसकेको र वडा नम्बर ७ मा सोमबारदेखि सुरु भएको छ ।
    “सरसफाइ हामीलाई देखाउनका लागि होइन आफू र आफ्नो घरपरिवार स्वस्थ तथा सुरक्षित राख्न हो । विभिन्न संघसंस्था तथा अन्य निकायहरुले यस्ता कार्यक्रम गर्दा विद्यालय स्तरमा मात्र गरिरहेको देखिका छौँ । अहिले हाम्रो युवाहरु मिलेर गाउँ पनि पनि जनचेतना दिनु पर्छ भन्ने धारण सहित लागेका हौँ,” ढुङ्गेलले भन्नुभयो, “अहिलेको समयमा सरसफाईको कमिका कारणबाट विभिन्न सरुवा रोग तथा अन्य महामारीहरु फैलिरहेको छ । त्यसैलाई मध्यनजर गर्दै यो अभियानलाई निरन्तर अघि बढाइरहनेछौँ । धुर्मुस सुन्तली लगायतको टिमबाट निर्माण गरिएको “हरियो बिल्ला” नामक चलचित्रबाट प्रेरित भई हामी युवाहरु सरसफाई अभियानमा लागेका हौँ ।”
    यो महान अभियानलाई उत्पेरित तथा हौसला प्रदान गर्न किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामालै ५ हजार रुपैयाँ र वडा नम्बर २ का वडा अध्यक्ष देवनाथ भट्टले ३ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको सरसफाई अभियान्ता ढुङ्गेलले जानकारी दिनुभएको छ । यस्तै सरसफाईको अभियानलाई अगाडी बढाउदा आवस्यक पर्ने सुरक्षाका सामाग्रीहरु गाउँपालिकाको कार्यालय तथा किस्पाङ बालसञ्जालबाट प्राप्त भएको छ ।

    फोटो.. सन्तोस ढुङ्गेलको सामाजिक सञ्जालबाट

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया