बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पछिल्लो २४ घण्टामा नुवाकोटमा ४ जना थपिए कोरोना सङ्क्रमित

    समिकरण न्युज २०७७, १९ आश्विन सोमबार १६:३३ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    ती ४ मध्ये विदुर नगरपालिकाका ४३, ४० र २४ वर्षका पुरुष र बेलकोटगढी नगरपालिकाका ५५ वर्षीय महिला रहेका छन् । उनीहरु चारै जना होम आइशुलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा थपिएका ४ सँगै जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ सय १६ पुरुष र ४० जना महिला गरी १ सय ५६ पुगेको छ । सङ्क्रमित मध्ये ९२ जना पुरुष र २७ जना महिला गरी १ सय १९ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।
    हाल जिल्ला अस्पताल त्रिशुलीमा २१, खरानीटा स्थित आइशुलेसनमा १ र ४ जना होम आइशुलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जानकारी दिनुभएको छ ।
    यस्तै नेपालभरमा गरि पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ जनाको मृत्यु भएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया