बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तिव्रता

    समिकरण न्युज २०७७, १९ आश्विन सोमबार १७:११ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । चाडपर्व नजिकिएसँगै खपतमा बृद्धि हुने भएकोले नागरिकहरु नठगिउन् भन्नको लागि सम्वन्धित निकायले बजार अनुगमनलाई तिव्रता दिइरहेकको छ ।
    पछिल्लो समय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विदुर नगरपालिका, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिको सहभागितामा १५ वटा पसलको अनुगमन गरिएको छ । विदुर नगरपालिकाको मुख्य बजार क्षेत्र ढुङ्गे र त्रिशुली रहेको ६ वटा मासु पसल, १ वटा सुन पसल, ५ वटा कपडा पसल, ३ वटा हार्डवेयर पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
    अनुगमनको क्रममा कतिपय पसलको नविकरणमा ढिलाई भएको, कागजात पुरा नभएको, खरिद विल नभएका पसलहरुलाई कागजात दुरुस्त राख्न निर्देशन र सचेत गराउने कार्य गरिएको बताइएको छ ।
    यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटले पनि नियमित रुपमा बजार अनुगमनको क्रियाकलापलाई नियमित रुपमा अघि बढाइरहेको छ । चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल र खपतमा वृद्धि हुने भएकोले अनुगमनको क्रियाकलापलाई तिव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका निमित्त प्रमुख नवराज श्रेष्ठले जानकारी दिनुभएको छ । बजार अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तु या मापदण्ड विपरित सञ्चालित पसलहरुलाई विशेष निगरानीमा राखेर कारवाही समेत गर्ने गरेको उहाँको भनाई छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया