शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • ककनीले सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने, वडाबाटै बैंक खाता खोल्ने कार्य सुरु

    समिकरण न्युज २०७७, २० आश्विन मंगलवार २२:३३ पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । नुवाकोटको ककनी गाउँपालिकाले बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रावधान ल्याएसँगै खाता खोल्नेहरुको सहभागिता उल्लेख्य रहेको छ ।
    बैंकमा खाता खोल्नको लागि सम्वन्धित व्यक्ति नै सहभागिता हुनपर्ने र जेष्ठ नागरिकहरुलाई बैंकसम्म पुग्नको लागि समस्या हुने भएकोले वडावडाबाट नै लाभग्राहीहरुलाई
    खाता खोल्ने प्रवन्ध मिलाइएको छ । हाल ककनी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको खाता खोल्नको लागि फर्म भर्ने काम भइरहेको छ । वडावडामा बैंकका कर्मचारीले वडाका जनप्रतिनिधि तथा कर्मचारीको सहयोगमा फर्म भर्ने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ ।
    मृत्यु भइसकेका व्यक्तिहरुको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको, त्यसबाट आर्थिक हिनामिना भएको, राज्यले प्रदान गर्ने दोहोरो सुविधा लिइरहेको भन्ने गुनासो सञ्चार माध्यमबाट बारमबार आइरहेकोले आफ्नो स्थानीय तहमा त्यस्तो नहोस् भन्नको लागि सामाजिक सुरक्षा भत्ता बैंकबाटै वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ ।
    गाउँपालिकामा लगभग ३ हजार जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । सामाजिक सरक्षा भत्ता वितरण बैंकबाटै गर्न लागिएता पनि उहाँहरु बैंकमा आउन नसकेको खण्डमा र पैसा आवस्यक परेको खण्डमा घरमा नै पुराउने व्यवस्था समेत रहेको अध्यक्ष लामाको भनाई रहेको छ ।


    सामाजिक सुरक्षा भत्ता वितरणको लागि गाउँपालिकाले कृषि विकास बैंकसँग सम्झौता यस अघि नै गरिसकेको छ । ककनी गाउँपालिकाको वडा नम्बर ७ मा खाता खोल्ने कार्य सुरु भएको वडा सचिव अरुणराज पाठकले बताउनुभएको छ । उहाँको अनुसार ३ सय ४७ जनाको खाता खोल्ने लक्ष्य रहेको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया