बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कोभिड १९ संङ्क्रमण सूचना संयोजकमा श्रेष्ठ

    समिकरण न्युज २०७७, २० आश्विन मंगलवार २२:५६ पढ्न लाग्ने समय < 1 मिनेट

    नुुवाकोट । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटका पूर्व सचिव लक्ष्मण श्रेष्ठलाई “कोभिड १९ संङ्क्रमण सूचना” संयोजकमा मनोनयन गरिएको छ ।
    कोरोना भाइरसले जिल्लाहरुमा पारेको प्रभाव र बस्तुस्थितिको सम्वन्धमा “कोभिड १९ अनुगमन समिति”लाई नियमित रुपमा सूचना र जानकारी दिन कोभिड १९ संङ्क्रमण सूचना संयोजक तोक्ने निर्णय भएको थियो । भदौँ ८ गते बसेको कोभिड १९ अनुगमन समितिको निर्णय अनुसार नुवाकोटको संयोजकमा श्रेष्ठलाई मनोनित गरिएको हो ।
    मनोनित संयोजकले सम्वन्धित जिल्लामा कोभिड १९ संक्रमणको स्थिति र परिक्षणको अवस्था जानकारी लिने, आइशुलेसन र क्वारेन्टाइन केन्द्रहरुको सुविधा र मापदण्डको अवस्थाको सम्वन्धमा जानकारी लिने, कोरोना संक्रमितहरुको लागि अस्पतालहरुको स्थिति, स्वास्थ्य सामाग्री र चिकित्सकसँग र स्वास्थ्य कर्मीहरुको व्यवस्थाको सम्वन्धमा जानकारी लिने जस्ता क्रियाकलाप गर्नु पर्ने कोभिड १९ अनुगमन समितिका संयोजक एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकासशरण महतले जानकारी दिनुभएको छ ।


    यस्तै संयोजकले विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निशेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक सामाजिक स्थितिको मूल्याङ्कन गरी सूचना लिने, केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले कोरोना संक्रमण रोकथाम र उपचारमा गरेको भूमिका तथा राहत लगायत आर्थिक सामाजिक क्षेत्रमा परेको समस्यालाई न्यूनिकरण गर्न खेलेको भूमिकाको सम्वन्धमा जानकारी लिनु पर्ने डाक्टर महतले जानकारी दिनुभएको छ ।
    कोभिड १९ रोकथाम र पिडितहरुको सहयोगका लागि पार्टीहरुले खेलेको भूमिका र खास गरी नेपाली काङ्ग्रेसको वडा देखि जिल्ला तह सम्मका निकायहरुले खेलेको भूमिकाको बारेमा जानकारी लिने र निरन्तर रुपमा सम्वन्धित निकाय, राजनैतिक दल, नागरिक समाज, संघसस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवस्यक जानकारी लिनुपर्ने बताइएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया