शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • निरन्तर रुपमा औषधी पसलहरुको अनुगमन

    समिकरण न्युज २०७७, २३ आश्विन शुक्रबार ०९:०८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । औषधि व्यवस्था विभाग काठमाण्डौं, जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले निरन्तर रुपमा जिल्लाको विभिन्न स्थानमा सञ्चालित औषधी पसलहरुको अनुगमन गरिरहेको छ । अनुगमनको क्रममा मापदण्ड विपरित सञ्चालित औषधी पसलहरुमा सिलबन्दी गरि कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

    बुधबार अनुगमन गर्दा म्यागङ गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालन भइरहेको पाइएकोले आवस्यक कारवाहीको लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
    यस्तै विहिवार अनुगमन टोलीले विदुर नगरपालिका र तादी गाउँपालिकाका बजार क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको छ । विदुर नगरपालिका भित्र सञ्चालित ९ वटा औषधी पसलहरुको अनुगमन गर्दा वट्टारमा रहेको सापकोटा मेडिकल हल, सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र ढुंगेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले विक्री वील वीजक जारी नगरी औषधी विक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त औषधी पसलहरुलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम .दुईदुई लाख रुपैयाँ जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन समेत निर्देशन दिइएको छ ।
    यस्तै तादी गाउंपालिका वडा नम्बर ३ खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद विल नभएको पाइएको छ । ती दुई औषधी पसललाई पनि संरक्षण ऐन २०७५ बमोजिम दशदश हजार रुपैयाँ जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको बताइएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया