बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • सिडिसिद्धारा किस्पाङमा सञ्चालित योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा

    समिकरण न्युज २०७७, २३ आश्विन शुक्रबार १३:५८ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । किस्पाङ गाउँपालिका वडा नम्बर २ ताजीमा निर्माण स्थापना गर्न लागिएको सामुदायिक भवन तथा तरकारी सङ्कलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
    सामुदायिक विकास केन्द्र नेपाल सिडिसिले युएनडिपिको सिआइएलआरपी (ऋक्ष्ीच्ए) कार्यक्रम अन्तर्गत रहेर उक्त भवन निर्माण गर्न लागिएको हो । महिला, पुरुष र अपाङ्गमैत्री सौचालय सहित उक्त भवन २९ लाख १० बजार रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको हो । भवन निर्माणको लागि किस्पाङ गाउँपालिकाको ८ लाख ६ हजार रुपैयाँ, युएन्डिपिको ८ लाख ५ हजार रुपैयाँ, कारितास स्पानोलाको ८ लाख ५ हजार रुपैयाँ लगानी रहने सामुदायिक विकास केन्द्र नेपालको अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभएको छ । असारदेखि निर्माण कार्य सुरु भएको यस भवनको निर्माण कार्य पुसको दोश्रो हप्ता सम्म सकाउने लक्ष्य रहेको छ । भवन निर्माणको लागि स्थानीयले ६ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।


    यस्तै युएनडिपिको आर्थिक सहयोगमा सिडिसि नेपालले ताजीमा स्थापना गर्न लागिएको सामुदायिक भवन तथा तरकारी सङ्कलन केन्द्रको भवन सहित १३ वटा आयोजनाहरु निर्माणको जिम्मा लिएको थियो । गाउँपालिकाको ६० लाख रुपैयाँ, सिडिसिको ६० लाख रुपैयाँ र स्थानीय नागरिकको २० प्रतिसत श्रमदान गरेर योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएको सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिनुभएको छ । उहाँको अनुसार ३ वटा योजना सम्पन्न भइसकेको र १० वटा सम्पन्न हुने क्रममा रहेको छ ।

    यी योजनाहरु जनावरीदेखि सुरु भएर जुन महिनामा सकाउनु पर्ने भए पनि कोरोना भाइरसको कारण निर्माणलाई निरन्तरता दिन नसक्दा डिसेम्बरसम्ममा सकाउने लक्ष्य रहेको नेपालको भनाई रहेको छ । उक्त योजनाहरु सम्पन्न गर्नको लागि स्थानीय तह र स्थानीय नागरिकको चासो तथा निगरानीले गर्दा योजनालाई दिगो बनाउन सकिने अपेक्षा गरेको उहाँले बताउनुभएको छ ।
    यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जिल्लाको ६ वटा गाउँपालिका र वेलकोटगढी नगरपालिकामा रहेका स्वास्थ्य चौकी तथा क्वारेन्टाइनको लागि साझेदार सस्थाको आर्थिक सहयोगमा सिडिसि नेपालले विभिन्न किसिमका स्वास्थ्य सामाग्री प्रदान गर्नुको साथसाथै ह्यान्ड वासिङ सेन्टर स्थापना गरेको नेपालले बताउनुभएको छ ।


    जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाको नेतृत्वमा किस्पाङ गाउँपालिकामा सञ्चालित योजनाहरुको अनुगमन समेत गरिएको छ । निर्माण भइसकेका र हुन लागेका योजनाहरुले स्थानीय नागरिकहरुको जीवनशैली परिवर्तन गराउनुको साथसाथै आर्थिक उपार्जनको लागि सहज हुने विश्वास लिइएको बताउनुभएको छ ।
    अनुगमनमा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष मायादेवी न्यौपाने, जिल्ला समन्वय समिति नुवाकोटका सदस्य सम्झना सेढाई, सिडिसि नेपालका अध्यक्ष नारायण नेपाल, प्राविधिक सुनिल न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

    #कृषि

    फेसबुक प्रतिक्रिया