बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • “जनतासँग जनप्रतिनिधिको अन्तरक्रिया”को पहिलो चरण सम्पन्न ।

    समिकरण न्युज २०७७, २४ आश्विन शनिबार १२:४१ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नागरिकहरुको जनप्रतिनिधिप्रति रहेको गुनासोलाई संवोधन गर्दै वडामा रहेको समस्याहरुको पहिचान गरि समाधान गर्ने उदेस्य लिएर म्यागङ गाउँपालिका वडा नम्बर ६ बाट सञ्चालित “जनतासँग जनप्रतिनिधिहरुको अन्तरक्रिया” कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ ।
    वडामा सम्पादित पुराना योजनाहरुको प्रतिक्रिया लिन र नयाँ योजनाहरुलाई दिगो बनाउने विषयमा नागरिकबाट सल्लाह सुझाव लिनको लागि वडाको पनेरा, पुरनपानी, भञ्ज्याङ, पोखरी डाडाँखर्क मैबल र फलाटेमामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बिगतमा सम्पान्न गरेको केही योजनाहरुमा आर्थिक पारदर्शिता नभएको गुनासो स्थानीय नागरिकहरुबाट आएको वडा अध्यक्ष आतमसिंह तामाङले बताउनुभएको छ । आफ्नो स्थानमा हुने गरेको विकासात्मक कार्यमा नागरिकहरुमा उत्साह पाइएको भन्दै वडा अध्यक्ष तामाङले नागरिकहरु निर्धक्कको साथ बोल्न सक्ने क्षमताले गर्दा आफूलाई वडामा काम गर्न थप हौसला मिलेको बताउनुभएको छ ।
    गाउँपालिकाकै पहिलो वडाको रुपमा आयोजित यस अभियानले गर्दा नागरिकहरुलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको वडा अध्यक्ष तामाङको भनाई रहेको छ । जनप्रतिनिधिको काम गराई शैली, नागरिकलाई गर्ने व्यवहार, बजेट बितरण प्रक्रियामा नागरिकको सहभागिता, कार्यान्वयनको अवस्था, आर्थिक पारदर्सितासँगै वडाको समस्याहरुको बारेमा टिकाटिप्पणी गर्ने अवसरको रुपमा उक्त अभियानलाई लिइएको वडा अध्यक्ष तामाङको भनाई रहेको छ ।
    अघिल्ला वर्षहरुबाटै यस कार्यक्रम सञ्चालन गर्ने भनिए पनि विविध कारणले गर्दा रोकिएको थियो । गाउँपालिकाको जनप्रतिनिधि र वडाको जनप्रतिनिधि एकैसाथ समुदायमा पुगेर नागरिकबाट प्रतिक्रिया लिने कार्य आगामी दिनमा पनि निरन्तर अघि बढाइने वडाको लक्ष्य रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया