
नुवाकोट । नुवाकोटमा एकै दिन २४ जना नयाँ संक्रमित फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित २४ जना संक्रमित भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा नयाँ संक्रमित एकै दिन पहिचान भएको अहिलेसम्मकै धेरै हो । राजधानी काठमाडौंमा फैलिएसँग नुवाकोटमा कोरोनाको संक्रमण फैलिनेक्रम ह्वात्तै बढेको छ । शनिबार जिल्लाका चार वटा पालिकाका २४ जना संक्रमित भएका हुन् ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालका अनुसार विदुर नगरपालिकाका १० जना, दुप्चेश्वर गाउँपालिकाका १० जना, ककनी गाउँपालिकाका ३ जना र तारकेश्वर गाउँपालिकाका एक जना संक्रमित भएका छन् । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अन्जु आचार्यलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
जिल्लामा हालसम्म १ सय ८८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १ सय २३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।