शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • आँठ बुदे सहिमतिसँगै डाक्टर केसीको अनसन तोडियो ।

    समिकरण न्युज २०७७, २५ आश्विन आईतवार १२:१२ पढ्न लाग्ने समय < 1 मिनेट


    नुवाकोट । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोड्नुभएको छ ।
    शनिवार मध्यराति नेपनल सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइवार बिहान ९ बजे डा. केसीले अनसन तोड्नुभएको हो । डा. केसीले कोरोना संक्रमण भएर निको भएका शिक्षण अस्पतालका एक सफाई कर्मचारीको हातबाट जुस पिएर अनसन तोड्नुभएको हो । डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
    सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।
    डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने, कोभिड १९ को पिसिआर परीक्षण विस्तार गर्ने, वयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने सहमति पनि सरकार र डा. केसीबीच भएको छ ।
    यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निस्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने सहमति भएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया