
हजुरको महलमा चाडपर्व पनि रमाएर आउँछ ।
हेर्नुस म गरीब दुखीको त घाटी समाएर आउछ ।
कहिलै छोडेन आखिर भोकमरीले ज्यान लग्यो ।
यहि सोचेर बसिन् आमा छोरो कमाएर आउछ ।
एउटा ऊ थियो जो अन्जान बनेर गएको थियो ।
अर्को उस्को याद हर रात मुटु झम्झमाएर आउछ ।
सायद भाग्यरेखामा यस्तै यस्तै लेखिएर होला ।
कोही हिरा कोहि पत्थर हातमा थमाएर आउछ ।
उता लुटिदैछिन आमा अनि हाम्रो देशको सिमाना ।
शत्रु, कुन सन्तान अब हातमा दही जमाएर आउछ ।
बिद्या शर्मा कालाखेती
चारघरे नुवाकोट ।