बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ सय १४ पुग्यो ।

    समिकरण न्युज २०७७, २५ आश्विन आईतवार २२:०९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ सय १४ पुगेको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ सय १४ पुगेको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेहरुमा किस्पाङ गाउँपालिकाका ४ जना, लिखु गाउँपालिकाका १ जना, बेलकोटगढी नगरपालिकाका ४ जना, विदुर नगरपालिकाका ४ जना, मैथली ब्यारेकमा रहेका १३ जना रहेका छन् ।
    सङ्क्रमित मध्ये जिल्ला अस्पताल त्रिशुलीमा २० जना, आइशुलेसन सेन्टरमा २१ जना र होम आइशुलेसनमा ४८ जना रहेका छन् । कोरोना सङ्क्रमित मध्ये १ सय २५ जना कोराना मुक्त भइसकेका छन् । सुरुवाती चरणमा वैदेशिक रोजगारीबाट आएकाहरुमा कोरोना भाइरस देखिएता पनि हाल समुदायमा नै रहेका व्यक्तिहरुमा सङ्क्रमण वढिरहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले बताउनुभएको छ । विशेष गरी काठमाडौँ आवतजावत गरिरहने व्यक्तिहरुमा सङ्क्रमण देखा परिरहेको घिमिरेको भनाई रहेको छ ।
    लक्षण देखिएका सङ्क्रमितहरुलाई सस्थागत आइशुलेसनमा राखेर उपचार गराउने गरिएको भए पनि लक्षण नभएका सङ्क्रमितलाई सुरक्षित रुपमा होम आइशुलेसनमा बस्नको लागि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाएर होम आइशुलेसनमा बसिदिन र हेलचेक्राई नगरिदिन स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया