शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • चार कर्मचारीमा कोरोना पुष्टि भएसँगै अत्यावस्यक बाहेकको सेवा प्रवाह वन्द

    समिकरण न्युज २०७७, २५ आश्विन आईतवार २२:१५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर, किस्पाङ गाउँपालिकामा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै अत्यावस्यक बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको छ ।
    गाउँपालिकाद्धरा सार्वजनिक गरिएको सूचना अनुसार यहि असोज २१ गते १३ जनाको स्वाव सङ्कलन गरी राष्ट्रिय जनस्वास्थास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएकोमा ४ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नतिजा सनिवार आएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन समेत गाउँपालिकाले किस्पाङ वासीलाई आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कोरोना भाइरस परिक्षणको लागि स्वाव लिने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभएको छ । उहाँको अनुसार आइतबारदेखि अर्को सूचना प्रकासित नभए सम्मको लागि गाउँपालिका अन्तर्गतका अत्वावस्यक बाहेकका सबै कार्यालयहरु बन्द गराइएको छ ।
    गाउँपालिकाको वडाहरुमा प्रवेस गर्ने सवारी साधन तथा व्यक्तिहरुको आवस्यक सुरक्षा मापदण्ड भएनभएको अनुगमन गरी आ–आफनो वडाभित्र आएका व्यक्तिहरुको तथ्याङ्क व्यवस्था तथा अवस्था निरिक्षण गर्नलाई वडा स्तरमा रहेका कोभिड १९ रोकथाम तथा नियन्त्रण समूहलाई आग्रह समेत गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया