
नुवाकोट । विदुर नगरपालिकाले २ सय ४२ वटा सामुदायिक तथा छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गराउनुको साथै रेविज विरुद्धको खोप लगाएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत रहेर नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको सहयोगमा नगरपालिकाले ती कुकुरहरुको स्थायी बन्ध्याकरण गर्नुको साथै रेविज विरुद्धको खोप लगाइएको हो । यहि असोज १५ गतेदेखि २५ गतेसम्म नगरपालिकाभित्र रहेका सामुदायिक तथा छाडा कुकुरहरुको खोजी गरी स्थायी बन्ध्याकरण गराउनुको साथै रेविज विरुद्धको खोप लगाइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभएको छ ।
यो अभियानमा सहयोग गर्ने नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरका पदाधिकारीहरुलाई सम्मान पत्र सहित नगरपालिकाले सोमबार विदाई समेत गरिसकेको छ ।