बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • विपि कोइराला खेलकुद फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष लामाद्धारा न्यू भिजन युवा क्लवलाई फुटवल जर्सि प्रदान

    समिकरण न्युज २०७७, २७ आश्विन मंगलवार १८:५३ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विपि कोइराला खेलकुद फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष दिपक लामाले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा रहेको न्यू भिजन युवा क्लवलाई फुटवल जर्सि प्रदान गर्नुभएको छ ।
    रातमाटेका स्थानीय युवा समेत रहनुभएका लामाले क्लवलाई २२ थान जर्सि प्रदान गर्नुभएको हो । जिल्लामा हुने गरेको फुटवल प्रतियोगितामा नियमित रुपमा क्लवले सहभागिता जनाउदै आइरहको छ । ती प्रतियोगितामा सहभागि हुनलाई थप हौसला थपियोस् भन्नको लागि फुटवल जर्सि लगायतका सामाग्रीहरु क्लवलाई प्रदान गरिएको विपि कोइराला खेलकुद फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष लामाले बताउनुभएको छ ।


    क्लवलाई २५ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गर्ने लक्ष्य रहेकोमा फुटबल भने उपलव्ध गराउन बाँकी रहेको लामाले बताउनुभएको छ ।
    यस्तै क्लवलाई विभिन्न रचनात्मक गतिविधि गर्नलाई सहज होस् भन्ने उदेस्यको साथ स्थानीय सन्तोष नेपालले ५ हजार रुपैयाँ प्रदान गर्नुभएको क्लवका अध्यक्ष शुसिल नेपालले जानकारी दिनुभएको छ ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया