बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • जलवायु परिवर्तन – आजको चुनौती र मानव स्वास्थ्य

    समिकरण न्युज २०७७, २८ आश्विन बुधबार ०८:१४ पढ्न लाग्ने समय 3 मिनेट

    सुदिप थापा
    जनस्वास्थ्य अधिकृत (CICT Team)
    दुप्चेश्वर गाउँपालिका, नुवाकोट

    परिचय
    जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रतिक्रियाभित्र पर्ने गतिबिधि हो । पृथ्वीमा सौर्य बिकिरण मार्फत ताप शक्ति प्राप्त हुन्छ र यहि सौर्य विकिरणको कारण पृथ्बीको बायु मण्डल मातापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यति नै विकिरण पुनःअन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायु मण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारण विकिरणको आवतजावतमा घटबढ हुन गई असन्तुलन हुन गएमा पृथ्वीको बायु मण्डलको तापक्रममा घटबढ हुन जान्छ र यो प्रक्रियालाई जलबायु परिबर्तन भनिन्छ ।
    पछिल्लो ५० बर्षदेखि, मानवकार्य जस्तै काठ, कोल, दाउरा, गाडीको धुवा कलकारखानाबाट निस्कने धुवा जस्ता कार्यले गर्दा धेरै मात्रामा कार्बनडाइअक्साइड उत्पन्न गराई जलवायु परिवर्तनलाई बढाईरहेको छ, समुन्द्री सतहहरु बढिरहेका छन् । हिमतालहरु बिस्फोट भैरहेका छन्, मौसमहरुमा परिबर्तन आईरहेका छन् । पछिल्लो १३० बर्षबाट नियाल्ने हो भने प्रत्येक बर्ष बिश्वको तापक्रम ०.८५ डिग्रीले बढ्ने क्रममा छ भने समुन्द्री सतह १.८ मि.लि ले वृद्धि भएको तथ्यांकले बताउछ ।


    जलवायु परिवर्तन र मानव स्वास्थ्य
    जलवायु परिवतनले अन्य क्षेत्रमा जति प्रभाव पारेको छ मानव स्वास्थ्य क्षेत्रलाई पनि धेरै नै प्रभाव पारेको छ । यो साचो होकी मानिसले वातावरण अनुसार आफूलाई घुलमिल गराउन सक्दछ, तर त्यसको पनि एउटा सिमा हुन्छ र त्यो सिमा पश्चात जलवायु परिवर्तनले मानिसको स्वास्थ्यमा प्रभाव देखाउन थाल्दछ । पछिल्लो दसकमा पृथ्वीको बदलिदो जलवायु परिवर्तनले सबैलाई ध्यान केन्द्रित गरेको छ, धेरै गर्मि र धेरै चिसोले मानिसको स्वस्थ्यमा प्रतिकुल असर पारेको छ । जनावरहरुको बसाईसराई देखि लिएर हिमतालको बिस्फोट, हरेक कुराले मानव स्वास्थ्यलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पारेको छ ।
    बर्ड फ्लु, चिकनगुनिया, मलेरिया फईलेरिया, टाईफाईड जस्ता रोगहरुको ट्रेन्डमा परिवर्तन आउनु, अत्याधिक गर्मिले गर्दा झाडापखाला वृद्धि हुनु, स्वच्छ उपयुक्त खाने पानीको अभावले ज्वरो, हैजा जस्ता रोगहरुको वृद्धि हुनु, ओजोन सतह पातलिदै गएर सूर्यको विकिरणहरुले गर्दा छालाको क्यान्सर, जीवहरु जस्तै भाईरस, ब्याक्टेरियाहरुमा उत्परिबर्तीत (Mutation) भई नयाँ किसिमको जीव उत्पन्न भई भबिस्यमा उक्त परिवर्तित जिबले उत्पन्न गराउने रोगहरुको बारेमा जानकारी पाउन र औसधीहरुको खोज गर्न पनि मुस्किल पर्न सक्ने अबस्था आउन सक्छ र यसरी सारा विश्व स्वास्थ्यलाई नै चुनौती दिन सक्छ । वायुमण्डलमा वायु प्रदुषण बढे पछि स्वासप्रस्वास सम्वन्धी रोगहरु पनि देखा परिरहेको अबस्था छ, दम रोग, COPD जस्ता रोगहरुको संख्यामा पनि वृद्धि भैरहेको अबस्था छ ।
    नेपालकै सन्दर्भमा हेर्ने हो भने पहिला तराईको क्षेत्रहरुमा मात्र पाउने मलेरिया, डेंगु जस्ता रोग हाल पहाडी क्षेत्र हुदै हिमाली क्षेत्रमा पनि देखिरहेको अबस्था छ र यसरी रोगको ट्रेन्ड परिवर्तन भइरहेको छ र दिनप्रतिदिन बढ्दै गैरहेको छ ।
    जलवायु परिवर्तनको कारण २०३०-२०५० को बिचमा करिब २५०,००० मानिसहरु प्रति वर्ष कुपोषण, मलेरिया, पखाला रHeat Strokeले गर्दा मृत्यु हुने अनुमान WHO ले गरेको छ । यसै गरि प्राकृतिक प्रकोपको कारणले बिशेष गरि विकासोन्मुख देशहरुमा १९६० देखि प्रतिबर्ष ६०००० मानिसहरुको मृत्यु भईरहेको कुरा पनि तथ्यांकले बताउछ ।
    यहि तरिकाले अगाडी बढ्ने हो भने २०५० सम्म पुग्दा भोकमरी, कुपोषण, सरुवा रोग साथै अन्य नसर्ने रोगहरु चरम बिन्दुमा पुग्ने निश्चित छ र जलबायु परिबर्तन जलवायु परिवर्तन स्वास्थ्य क्षेत्रलाई भविस्यमा चुनौती मात्र नभई समस्याकै रुपमा खडा हुन सकनेछ ।
    को जिम्मेवार ?
    विश्वव्यापी रुपमा बढेको जलवायु परिवर्तन समस्याका लागि विश्वको औधोगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ बिभिन्न अध्ययन, प्रतिबेदनहरुले देखाएता पनि हामी पनि कतै न कतै ०.००००१ प्रतिसत भए पनि जिम्मेवार छौ, जथाभाबी फोहोर फाल्ने, जलाउने, रुख बिरुवाहरु काट्ने जस्ता कुराहरु हामीले पनि त गर्दै आईरहेका छौ नि हैन र ? अनि कसरी हामी जिम्मेवार छैनौ भन्न मिल्छ र ? जलवायु परिवर्तनले आजको समयमा धेरै प्रभाव नपुराएता पनि भोलिको दिनमा स्वास्थ्य, कृषि, ब्यापार खानपान रहन सहन सबै क्षेत्रलाई प्रभाव पार्दै मानव सभ्यतालाई नै बिनास तर्फ लैजान सक्छ, यसरी नै भविष्यमा मानव प्रजाति नै विश्वबाट हराउने पो होकी ?
    जलवायु परिवर्तनको नकारात्मक असरहरुलाई न्यूनीकरण गर्न विश्वब्यापी रुपमा धेरै सम्मेलन, गोष्ठीहरु भैरहेको छ, जलवायु परिवर्तन हामी मानिस आफैले उत्पन्न गरेको समस्या हो जब सम्म हामीलाई भित्रै देखि परिवर्तनको सोचाई आउदैन तब सम्म नीतिनियम सम्मेलन र गोष्ठीले मात्र केहि परिवर्तन हुनेवाला छैन ।

    व्यक्तिगत तर्फबाट –कसैको जन्मदिन या कुनै उत्सव हुदा हामी विभिन्न खालको उपहारहरु दिन्छौ चाहे लाउने होस् या सजाउने हामी त्यसको सट्टामा घरभित्र सजाउने साना बिरुवा हुन् या बाहिर रोप्ने बिरुवा जे भए पनि दिन सक्दैनौ र ? उपहारको सट्टामा रुखको बिरुवा दिउ या साथीभाइ, दिदीवहिनी, बुवाआमा कसैको जन्मदिनमा उहाँलाई लगेर रुख रोप्न लगाउ, हिजो के थियो त्यो बितिसक्यो, सक्किसक्यो भोलि के हुन्छ त्यो आज तपाईले गर्ने क्रियाकलापले निर्धारण गर्छ र आज भनेको तपाईलार्ई प्रकृतिले दिएको उपहार हो त्यसैले तपाईले पनि प्रकृति र भोलिको पिडिको लागि दिने यो भन्दा ठुलो उपहार के हुन सक्ला र ? आजको तपाईको सानो प्रयासले भोलिको पिडिको लागि अतुलनीय उपहार हुनेछ र कोहि आफ्नो प्यारो मान्छेको सम्झनामा कतै पार्क या उपयुक्त ठाउँमा रुख रोपौं, नभएकतै उद्घाटन गर्दा रिबन काट्नुको सट्टा रुखको बिरुवा रोपेर उद्घाटन गरौ या गराऔ, अहिले भन्दा या सुन्दा कतिपयलाई हासो उठ्न सक्छ तर गहिरिएर सोच्ने हो या बिचार गर्ने हो भने बास्तबिकता हो । सुरुवात हामीले नै गर्ने हो यसरि नै गर्ने हो, अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? एउटाले रोप्दा रुख हुन्छ भोलि हजारौँले रोप्दा जंगल बन्छ त्यसैले सकारात्मक सोच राखी परिबर्तन तर्फ पो लम्किने होकी ?
    म जस्ता मेरो हजारौँ जनस्वास्थ्यकर्मी साथीहरु लगायत अन्य म जस्तै सोच भएका युवाहरुलाई यो अनुरोध गर्न चाहन्छु कि परिवर्तन आफै हुदैन हामीले गर्ने हो र सुरुवात पनि सानै कुरा देखि गर्ने हो । स्वस्थ वातावरण सहित स्वस्थ समाज र स्वास्थ्यको निर्माण हामीले नै गर्ने हो । “Change is Hard at First ,Messy in the Middle And Gorgeous at the End.” त्यसैले म जस्तै सोच भएका साथीहरुलाई अनुरोध गर्छु कि “Lets spread the greenery & Lets Make It possible.”

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया