बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • स्वास्थ्य सावधानी अपनाइएको खण्डमा मात्र कोरोना भाइरसबाट जोगिन सकिन्छ

    समिकरण न्युज २०७७, २९ आश्विन बिहीबार ०८:३५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा पछिल्लो समय ५ जना कोरोना भाइरस सङ्क्रमित थप भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार पछिल्लो समय विदुर नगरपालिकाका ४५, ३५, २८ र २३ वर्षका ४ पुरुष र किस्पाङ गाउँपालिकाका ४७ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय थप भएका पाँचै जना सङ्क्रमित होम आइशुलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ ।
    यस्तै पछिल्लो समयमा त्रिशुली अस्पतालको आइशुलेसनमा रहेका ५ जना सङ्क्रमति कोरोना मुक्त भई घर फर्किएका छन् । कोरोना मुक्त हुनेहरुमा विदुर नगरपालिकाका २ पुरुष र ३ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ । कोरोना भाइरस सङ्क्रमण भइसकेका, स्वाव सङ्लकन गरेर रिपोर्ट पर्खिरहेकादेखि लिएर सबै नागरिकले स्वास्थ्य सावधानी अपनाएको खण्डमा मात्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सकिने सूचना अधिकारी खनाललको भनाई छ । कोरोना भाइरस मुक्त भइसकेकाहरुलाई पनि दोहोरिएर सङ्क्रमण भइरहेको घटनाहरु पनि रहेको भन्दै सूचना अधिकारी खनालले भोलीको दिनमा सङ्क्रमण नदोरियोस् भन्नको लागि स्वास्थ्य सावधानी अपनाउन कोरोना मुक्त भएकाहरुलाई समेत उहाँले आग्रह गर्नुभएको छ ।
    कोरोना भाइरस परिक्षणको लागि स्वाव सङ्कलन गराउनेहरुमा होडवाजी चल्न थालेको छ । स्वाव परिक्षण गराएका व्यक्तिहरु खुल्ला रुपमा स्वास्थ्य सावधानी नअपनाई हिड्नाले र उनीहरुलाई सङ्क्रमण पुष्टि भएमा कन्ट्र्याक ट्रेसिङ गर्नेहरुको सङ्ख्यामा समेत वृद्धि भइरहेको उहाँले बताउनुभएको छ ।
    पछिल्लो समयमा ५ जना सङ्क्रमित थप भएसँगै नुवाकोटमा सङ्क्रमितको सङ्ख्या २ सय ३० पुगेको छ । हाल अस्पतालको आइशुलेसनमा १९, आइशुलेसन सेन्टरमा १७ र होम आइशुलेसनमा ६० जना रहेका छन् । सङ्क्रमित मध्ये १ सय ९ पुरुष र ३३ महिला गरी १ सय ३४ जना कोरोना मुक्त भइसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया