शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम मार्फत कार्यान्वयन गरिने २० योजना सार्वजनिक

    समिकरण न्युज २०७७, २९ आश्विन बिहीबार ०८:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर २ प्रदेश सभा (२ ) मार्फत प्राप्त हुने बजेट मार्फत कार्यान्वयन गरिने योजनाहरु सार्वननिक गरिएको छ ।
    प्रदेश सभा सदस्य हिरानाथ खतिवडाको संयोजकत्वमा बसेको बठैकले जिल्लाको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तार्केश्वर गाउँपालिकालाई समेटेर विभिन्न २० वटा योजना र बजेट सार्वजनिक गरिएको हो । प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत प्राप्त हुने ३ करोड रुपैयाँ बजेटमा प्रशासनिक खर्च बाहेक ७ वटा योजनालाई २० ÷२० लाख रुपैयाँ, ५ वटा योजनालाई १५÷१५ लाख रुपैयाँ, १२ लाख ३० हजार रुपैयाँको १ वटा योजना र ७ वटा योजनालाई १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले जानकारी दिनुभएको छ ।
    योजना तथा बजेटको बारेमा थप जानकारी प्रदेश सभा सदस्य हिरानाथ खतिवडाबाट ।


    प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधि दोश्रो संशोधन नियमावली २०७७ बमोजिम निर्माण गरिएको योजना तिहार पछि मात्र कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने प्रदेश सांसद खतिवडाले बताउनुभएको छ । योजनालाई तोकिएकै समयमा सकाउन र गुणस्तरीय काम गराउन निरन्तर अनुगमन तथा स्थानीय तहहरुसँग सहकार्य गरिने उहाँले बताउनुभएको छ ।
    जिल्लाको क्षेत्र नम्बर २ प्रदेश सभा २ अन्तर्गत विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पर्दछ । प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गतको बजेट तथा योजना निर्माण सम्वन्धी बैठकमा प्रदेश सभा सदस्य आशामाँया तामाङ, चार वटै स्थानीय तहका मेयर तथा प्रमुख, जिल्ला समन्वयन अधिकारी कृष्णप्रसाद पन्थी लगायतको उपस्थिति रहेको थियो ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया