शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • पछिल्लो समय थपिए ९ कोरोना संङ्क्रमित

    समिकरण न्युज २०७७, १ कार्तिक शनिबार २१:४७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरस सङ्क्रण पुष्टि भएको छ ।
    संङ्क्रमित ९ जनामा विदुर नगरपालिकाका ४, ककनी गाउँपालिकाका २ र बेलकोटगढी नगरपालिकाका ३ जना रहेका छन् । ती मध्ये १ जना शिक्षण अस्पताल महराजगञ्जमा, १ जना अस्पतालको आइशुलेसनमा र बाँकी होम आइशुलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ ।
    थपिएको ९ सँगै जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुगेको छ । सङ्क्रमित मध्ये १ सय ३७ जना कोरोना मुक्त भइसकेका छन् । पछिल्लो समय कोरोना मुक्त हुनेमा ककनी गाउँपालिकाका ३३ वर्षीय पुरुष रहेका छन् ।
    हाल अस्पतालको आइशुलेसनमा २०, आइशुलेसन सेन्टरमा १७ र होम आइशुलेसनमा ७५ जना रहेका छन् ।

    थप जानकारी स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालबाट ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया