बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • चार स्वास्थ्य सस्थालाई १०÷१० शैयाको अस्पतालमा परिणत गरिने

    समिकरण न्युज २०७७, १ कार्तिक शनिबार २२:०३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको चार स्वास्थ्य सस्थालाई १०÷१० शैयाको अस्पतालमा परिणत गरिने भएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २८ गतेको निर्णय अनुसार तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्य चौकी, पञ्चकन्या गाउँपालिकाको भद्रुटार स्वास्थ्य चौकी, ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र र शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्य चौकीलाई स्तर उन्नती गरी १०÷१० शैयाको अस्पतालमा रुपान्तरण गर्न लागिएको हो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार १० शैया अस्पताल निर्माणको लागि नेपाल सरकारले ८५ लाख रुपैयाँ उपलव्ध गाउने छ ।

    चालु आर्थिक वर्षमा देशको विभिन्न २ सय ६४ वटा स्वास्थ्य सस्थालाई ५, १० र १५ शैयाको अस्पतालमा परिणत गर्ने लक्ष्य मन्त्रालयले लिएको छ । सोही अनुसार ५ शैया अस्पतालको लागि ७० लाख रुपैयाँ, १० शैया अस्पतालको लागि ८५ लाख रुपैयाँ र १५ शैया अस्पताल निर्माणको लागि १ करोड रुपैयाँ नेपाल सरकारले उपलव्ध गराउनेछ । उक्त रकम अर्थ मन्त्रालय मार्फत निकासा भइसकेको समेत सूचना मार्फत सार्वजनिक गरिएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत आधारभूत अस्पताल भवन निर्माण सम्नन्धी निर्देशिका, २०७७ स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्वन्धी निर्देशिका, भवन निर्माणको डिजाइन र लागत अनुमान समेत स्थानीय तहलाई पठाइसकेको छ । प्रचलित कानुन स्वीकृत मापदण्ड, निर्देशिका र राष्ट्रिय भवन संहिता बमोजिम अस्पताल निर्माणको कार्य कार्तिक मसान्त सम्म निर्माण प्रकृया अघि बढाउन समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचित गरेको छ ।
    मन्त्रालायको निर्देशन अनुसार जिल्लाको शिवुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा सहितको टोलीले महाकाली स्वास्थ्य चौकीको स्थलगत रुपमा अनुगमन समेत गरेको छ । उक्त अस्पतालको‌ लागि हाल अर्थ मन्त्रालयबाट ८५ लाख विनियोजन भइसकेकोले अस्पतालको भवन निर्माण कार्य सुचारु भए पछि थप बजेट प्राप्त हुने विश्वास लिइएको छ ।
    १० करोड रुपैयाँ भन्दा भन्दा बढि लगानीमा अस्पताल बन्न लागेकोमा शिवपुरीवासी हर्षित भएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया