शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नेपालीको महान् पर्व बडादशैँ शनिवारदेख सुरु, बेलकोट स्थित निरञ्जना भगवतीको मन्दिरमा सामुहिक जमरा राखियो ।

    समिकरण न्युज २०७७, १ कार्तिक शनिबार २२:१९ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ शनिवारदेख सुरु भएको छ ।
    आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन शनिवार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिएको हो ।
    नवरात्रको पहिलो दिन शनिवार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौँ रोपिएको छ ।
    जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
    विधिपूर्वक घट अर्थात् घडा राखेर त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ । घटस्थापनाको साइत शनिवार बिहान ११ : ४६ बजे रहेको थियो । शनिवार दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताउनुभएको छ ।
    यसै क्रममा नुवाकोटको बेलकोट स्थित निरञ्जना भगवतीको मन्दिरमा सामुहिक जमरा राख्ने परम्परालाई यस वर्ष पाि निरन्तरता दिइएको छ । वेलकोट र आसपासका व्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राख्ने गरिएको छ । यस वर्ष एक सय २६ घरधुरीले संयुक्त रुपमा जमरा राखेको स्थानीय एवं निरन्जना भगवती मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उहाँको अनुसार सो मन्दिरमा दुईसय ४० वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिदै आएको छ ।
    निरन्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पुजा सन्चालन गर्नका लागि वेलकोटगढी नपाले यस वर्ष तीन लाख रुपैया उपलव्ध गराएको छ । वडाध्यक्ष पुर्णवहादुर त्रिपाठीका अनुसार नगगरपालिकाले गत वर्ष दुई लाख, २०७५ सालमा एकलाख ४० हजार र २०७४ सालमा एकलाख २० हजार रुपैया बजेट उपलव्ध गराएको थियो ।
    घटस्थापनाको दिनदेखि मन्दिरमा सामुहिक रुपमा राखिएको जमराले गाउंमा छुवाछुतको प्रथा विरुद्ध राम्रो नमूनायुक्त सन्देश दिएको निरन्जना भगवती मन्दिर तथा गढी संरक्षण समितिका अध्यक्ष कालिवहादुर तिवारीले बताउनुभएको छ । स्थानीय विश्वकर्मा, मिजार, नेपाली थरका २० घरपरिवारले व्राम्हण, क्षेत्रि समुदायसंगै एकै स्थानमा जमरा राखेको मुल पुजारी भोलाराज पौडेलले बताउनुभएको छ ।
    वेलकोटको पांण्डेगाउं, सुन्दरवजार, वेलकोटगढी, धमले, मिजारगाउं, मैदानटोल, गैरीगाउंका अधिकांश घरहरुमा बढादशैंमा घरघरमा जमरा राखिदैन, सबै गाउंलेका जमरा एकै ठाउंमा राखिन्छ, त्यहीबाट पुजाआजा गरिने मन्दिरका उपासे मानवहादुर रानामगरले बताउनुभएको छ ।


    सो स्थानमा सामूहिक जमरा राखेका सर्वसाधारणले विजयादशमीको दिन आफूले राखेको जमरा झिकेर लैजाने परम्पराले हालसम्म पनि निरन्तरता पाएको छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया