शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पञ्चकन्यामा “सामुदायिक संरचना तथा जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम” सञ्चालन

    समिकरण न्युज २०७७, ३ कार्तिक सोमबार १४:२९ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । कोरनाबाट रोगजारी गुमाएका स्थानीय समुदायलाई छोटो अवधीको रोजगारी सृजना गर्न तथा जिबिकापार्जनमा टेवा पुराउने उद्धेश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा “सामुदायिक संरचना तथा जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम” सञ्चालन भइरहेको छ ।
    पञ्चकन्या गाउँपालिका, थाईल्याण्ड सरकारको आर्थिक सहयोग युनडिपी नेपाल र रुडेक नेपाल मार्फत उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत रहेर सडकहरुमा ढुंगा बिछ्याउने, सिंचाई कुलो निर्माण, पदमार्ग मर्मत संभार लगायतका कार्यहरु सञ्चालन भइरहेको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बताउनुभएको छ । पर्यटन प्रबद्र्धन गर्नुको साथसाथै छोटो समयको रोजगारी प्रदान र जिबिकार्पाजनका लागि स्थानीय सिप मार्फत उद्योग स्थापना गर्नु मुख्य उदेस्य रहेको रुडेक नेपालका अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।
    यसै कार्यक्रम अन्तर्गत रहेर पञ्चकन्या गाउँपालिका वडा नं ४ मा रहेको कंकेस्वरी महिला बिकास कृषी समुहको अगुवाईमा पञ्चकन्या स्यानीटरी प्याड उद्योग स्थापना गरिएको छ ।
    गाउँपालिकाको १ लाख ८९ हजार रुपैयाँ तथा युनडिपी नेपाल र रुडेक नेपाल मार्फत १ लाख ८९ हजार रुपैयाको लगानीमा पुनः प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको उद्योग स्थापना गरिएको हो । उद्योग स्थापनाको लागि ४ दिने तालिम समेत सञ्चालन भइसकेको छ । घरेलु प्याडको उत्पादन पछि बजारीकरणको जिम्मा एक्सपोज नेपालले लिएको छ । स्यानेटी प्याड निर्माण सम्वन्धी तालिम समापन तथा पन्चकन्या स्यानीटरी प्याड उद्योगलाई यन्त्र औजार हस्तान्तरण कार्यक्रममा पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादर तामाङले गाउँपालिकाले समग्र आर्थिक गतिविधि बढाउनको लागि आधार तयार पार्दै गरेको बताउनुभएको छ । गाउँपालिकाको निति तथा कार्यक्रममा नै बजेट समेत ब्यबस्था गरिएको र कसैले घरेलु उत्पादन गरेमा बजारको जिम्मा गाउँपालिकाले लिने बताउनु भएको छ । साथै अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकामा रहेको सबै श्रोत साधनलाई उत्पादनमुखी बनाउने कार्यमा पालिकाले सक्दो सहयोग गर्ने समेत बताउनु भएको छ ।
    यस्तै कंकेस्वरी महिला बिकास कृषी समुहका अध्यक्ष सन्तोषी अधिकारीले समूहको अगुवाईमा प्याडको उद्योगले स्थानीय महिलाहरुलाई आयआर्जन गर्नलाई प्रेरणा मिलेको बताउनुभएको छ । कार्यक्रमा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, नेकपा पन्चकन्याका अर्जुन कार्की, मिनबहादुर खत्री लगायतले महिला स्वास्थ्यमा महत्वपुर्ण योगदान दिने यस ब्यबसायको माध्यमबाट घरमै बसेर पैसा कमाउन सकिने बताएका छन् । त्यस्तै तालिम प्राप्त महिलाहरुलाई हातमा भएको सिपको भरपुर रुपमा सदुपयोग गर्नलाई आग्रह गरेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया