शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • एकैदिन ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    समिकरण न्युज २०७७, ३ कार्तिक सोमबार १६:३२ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा एकैदिन ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    पछिल्लो २४ घण्टामा सङ्क्रमित पुष्टि भएका ५५ मध्ये विदुर नगरपालिकाको मात्रै ५३ जना रहेका छन् । ५३ मध्ये महिला ७ जना र पुरुष ४६ जना रहेका छन् । यस्तै शिवपुरी गाउँपालिकाका १ महिला र किस्पाङ गाउँपालिकाका १ पुरुषमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ । ती मध्ये विदुर नगरपालिकाका २ जना अस्पतालको आइशुलेसनमा रहेका छन् भने अन्य होम आइशुलेसनमा रहेका छन् ।
    पछिल्लो समय थपिएका ५५ सहित नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ८ पुगेको छ भने कोरोना मुक्त हुनेको सङ्ख्या १ सय ३७ रहेको छ ।
    हाल अस्पताल आइशुलेसनमा २३ जना, आइशुलेसन सेन्टरमा १७ र होम आइशुलेसनमा १ सय ३० जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया