शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोट जिलिङका दाहाल नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा चयन

    समिकरण न्युज २०७७, ४ कार्तिक मंगलवार ११:१९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा नुवाकोट जिलिङका रामहरी दाहाल चयन हुनुभएको छ ।
    मेरो माइक्रो फाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध संघको उपाध्यक्षमा चयन हुनुभएको संघका अध्यक्ष बसन्त लम्सालले जानकारी दिनुभएको छ । संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालका साथमा कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोज राज बस्याल, सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया