
विदुर । नुवाकोटमा पछिल्लो समय एकैपटक ५९ जना कोरोना सङ्क्रमित थप भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो समयमा कोरोना सङ्क्रमण पुष्टि भएका ५९ मध्ये सूर्यगढी गाउँपालिकाको मात्रै ३६ जना रहेका छन् । सूर्यगढीको १२ महिला र ३६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै शिवपुरी गाउँपालिकाका ७ जना, ककनी गाउँपालिकाका ५ जना र विदुर नगरपालिकाका ५ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकोहो । यस्तै दुप्चेश्वर गाउँपालिकाको ६ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समय थप भएका ५९ सँगै नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ । थप जानकारी दिनुहुदै स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारीउत्तम खनाल ।