बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • अबिसुरा युवा क्लवलाई खेलकुद र स्वास्थ्य सामाग्री प्रदान ।

    समिकरण न्युज २०७७, ५ कार्तिक बुधबार २१:२८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । वेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको अबिसुरा युवा क्लवलाई समाजसेवी जगत लामाले खेलकुद सामाग्रीको साथमा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
    हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष समेत रहनुभएका लामाले एक कार्यक्रमका बिच क्लवलाई फुटवल जर्सी सहितका सामाग्री प्रदान गर्नुभएको हो । उहाँले फुटवल जर्सी २६ थान, किपर ग्लोव्स २ थान, फुटबल ३ वटा, पम्प १ थान प्रदान गर्नुभएको क्लवका अध्यक्ष मनोज लामाले जानकारी दिनुभएको छ । यस्तै समाजसेवी लामाले मास्क, स्यानिटाइजर, स्प्रे मुभ, ब्यान्डेज, मेडिकल रुइ लगायतका सामाग्री प्रदान गर्नुभएको क्लवका अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।

    क्लवबाट आयोजित विविध गतिविधिलाई प्रोत्साहन प्रदान गर्न नेपाल कम्युनिस्ट पार्टी नुवाकोटको जिल्ला कमिटी सदस्य मनराज गुरुङले ७ हजार रुपैयाँ समेत प्रदान गर्नुभएको छ ।



    खेलकुद सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्रबहादुर लामा जनम, जिल्ला खेलकुद विकास समिती नुवाकोटका अध्यक्ष बुद्धिमान तामाङ लगायतको सहभागिता रहेको क्लबको टिम कप्तान प्रबिन गुरुङले जानकारी दिनुभएको छ ।

    स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित वुधवार र विहिवार प्रथम अबसुरा स्मृति नक आउट फुटबल प्रतियोगिता गर्ने निर्णय भएको थियो । तर कोरोना भाइरस सङ्क्रमणको दर उच्च हुदै गइरहेकोले उक्त प्रतियोगिता स्तगित भएको प्रतियोगिताको संयोजक सुमन गुरुङले जानकारी दिनुभएको छ ।

    फोटो –प्रविन गुरुङको फेसबुकबाट

    #खेलकुद

    फेसबुक प्रतिक्रिया