शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवद्र्धन गर्न सम्पदा गाउँको महत्वपूर्ण भुमिका रहन्छ — हङकङका लागि महाबाणिज्यदुत राना मगर

    समिकरण न्युज २०७७, ७ कार्तिक शुक्रबार १३:४० पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा नुवाकोट दरवार क्षेत्रको तोपखानामा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
    नुवाकोट सम्पदा गाउँले आयोजना गरेको उक्त कार्यक्रममा हङकङका लागि महाबाणिज्यदुत उदय रानामगरले सम्मान ग्रहण गर्नुहुदै स्वसासित क्षेत्रको रुपमा रहेको कारण व्यापार र पर्यटनलाई कुटनितिक रुपमा आफू लागि पर्ने बताउनुभएको छ । त्यस्तै, देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गर्न आफू लागि पर्ने उहाँले बताउनुभएको छ । संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवद्र्धन गर्न सम्पदा गाउँको महत्वपूर्र्ण भुमिका रहने उहाँले बताउनुभएको छ ।
    नुवाकोट सम्पदा गाउँका अध्यक्ष पुष्कर शर्मा रिमालले बिनासलाई अवसरको रुपमा ग्रहण गरि नुवाकोट सम्पदा गाउँको अवधारणा नुवाकोटबासीले लिएर संस्थाको स्थापना भएको बताउनुभएको छ । विभिन्न सम्भावनाहरुलाई पहिल्याउने क्रममा पर्यटकहरुलाई आकर्षण केन्द्रको रुपमा विकास गर्ने अठोटको साथ अघि बढिरहेको उहाँले बताउनुभएको छ । त्यस्तै मौलिक संरचना, सास्कृतिक पहिचान, एकीकृत पर्यटन,सामाजिक समृद्धिको अभियान भन्ने नाराका साथ दरवार क्षेत्र अघि बढेको उहाँको भनाई छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया