शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना भाइरस सङ्क्रमित ११ जना थपिए ।

    समिकरण न्युज २०७७, ७ कार्तिक शुक्रबार १४:२९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा पछिल्लो समय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार तादी गाउँपालिकाका ९ जना पुरुष, १ महिला गरी १० जना र सूर्यगढी गाउँपालिकाका १ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । ती मध्ये तादी गाउँपालिकाका ४ जना पुरुष सस्थागत आइशुलेसनमा रहेका छन् भने अन्य होम आइशुलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ ।
    पछिल्लो समय थपिएका ११ सहित नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ८० पुगेको छ । ती मध्ये १ सय ५३ जना कोरोना मुक्त भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ । हाल अस्पतालको आइशुलेसनमा २३, आइशुलेसन सेन्टरमा १४ र होम आइशुलेसनमा १ सय ८९ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी खनालले जानकारी दिनुभएको छ ।
    कोरोना भाइरसबाट बच्नको लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको उपायहरु पालना नहुदा दिनानुदिन सङ्क्रमित बढ्ने दर बढिरहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी खनालले बताउनुभएको छ । नेपालीहरुको महान पर्व दशै तथा तिहारमा कोरोना भाइरसबाट जोगिनको लागि विशेष ख्याल गर्नको लागि सम्पूर्ण नागरिकहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया