बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइयो ।

    समिकरण न्युज २०७७, ७ कार्तिक शुक्रबार २१:०७ पढ्न लाग्ने समय < 1 मिनेट

    रिना खनाल, विदुर । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइएको छ ।
    विदुर नगरपालिका वडा नम्बर २ मा रहेको तुलजा भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्राइएको हो । नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको मानिन्छ । वि.स. १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्र शाहिले बताउनुभएको छ । फुलपाती भित्राउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्व रहेको उहाँको भनाई छ ।


    सरकारी प्रतिनिधि सहितका सर्वसाधारणले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर फुलपाती जात्रासहित भित्राएका हुन् ।
    केहि संख्यामा उपस्थित सेना, प्रहरी र वडाका प्रतिनिधिलगायत साततले दरबार परिसरबाट ¥यालीसहित निस्केर फुलपाती लिन अशोकबाटिका स्थित धोवीधाराको चौतारामा पुगेर संकलित फुलपाती लिएर तुलजा भवानीमा बाजागाजाका साथ भित्राइएको हो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया