शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    समिकरण न्युज २०७७, १६ कार्तिक आईतवार १७:०७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा पछिल्लो समय नुवाकोटमा १४ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार विदुर नगरपालिकाका २ पुरुष १ महिला, तारकेश्वर गाउँपालिकाका १ महिला, किस्पाङ गाउँपालिकाका २ महिला ६ पुरुष, ककनी गाउँपालिकाका १ पुरुष र लिखु गाउँपालिकाका १ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । थप भएका १४ जना सङ्क्रमित नै होम आइशुलेसनमा रहेका छन् । यो सँगै नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय ६ पुगेको छ । ती मध्ये कोरोना मुक्त हुनेको सङ्ख्या १ सय ९८ रहेको छ भने १ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालको अनुसार पछिल्लो २४ घण्टामा १० जना कोरोना मुक्त भएका छन् ।

    यस्तै पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घन्टा २ हजार २६४ जना कोरोनाबाट निको भएका छन् । हालसम्म देशभर १ लाख ७३ हजार ५६७ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ३४ हजार ८४२ जना निको भएका छन् । पछल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    हाल आइसोलेसनमा बस्नेहरुको संख्या ३७ हजार ७६५ रहेको छ । यस्तै, क्वारेन्टिनमा रहनेहरुको संख्या २ हजार ३८६ छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया