बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • सस्थागत सुत्केरी हुने दरमा वृद्धि भएको छ -दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष आचार्य ।

    समिकरण न्युज २०७७, १७ कार्तिक सोमबार १०:३२ पढ्न लाग्ने समय < 1 मिनेट

    समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै विगत दुई वर्षदेखि गर्भवती महिलाको घरमा झण्डा हातमा अण्डा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    त्योसँगै वडावडामा रहेको स्वास्थ्य आमासमुहका हजार दिन भित्रका सदस्यहरुलाई सुन्तला रङको सखरखण्डको खेती गर्नको लागि प्रोत्सहान गर्नुको साथसाथै विभिन्न संघसस्थाको सहकार्यमा कुखुरा पालनलाई समेत प्राथमिकता दिइरहेको छ । गाउँपालिकामा यस्ता कार्यक्रम सञ्चालन भए पश्चात नियमित गर्भजाँच गराउने र सस्थागत सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइरहेको गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ । हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणलाई मध्यनजर गरेर सञ्चालित कार्यक्रमको बारेमा थप जानकारी दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष आचार्यबाट।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया