शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • पृथ्वी र मेचुको आवाजमा “मलमल कुर्तावाली” को भिडियो सार्वजनिक ।

    समिकरण न्युज २०७७, १७ कार्तिक सोमबार ११:३३ पढ्न लाग्ने समय < 1 मिनेट

    रीना खनाल, काठमाडौँ । गायक पृथ्वी खनालको आवाज रहेको नयाँ गीत ‘मलमल कुर्तावाली’को भिडियो सार्वजनिक भएको छ । गीतको स्वरमा खनाललाई मेचु धिमालले साथ दिनुभएको छ ।
    गायन रियालिटि शो भोईस अफ नेपालबाट चर्चामा आउनुभएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो ।
    भोईसमा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएका थिए ।
    ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्रीले लेख्नुभएको हो भने संगीत करण राज कार्कीको रहेको छ ।
    भिडियोको मुख्य पात्रमा समेत गायक खनाल नै रहनुभएको छ भने, कोरियोग्राफि र निर्देशन मौसम हिमालीको रहेको छ ।
    पहाड र तराई मुलका युवायुवती विचको माया प्रेममा ‘मलमल कुर्तावाली गीतको कथाबस्तु प्रस्तुत गरिएको गायक खानालले बताउनुभएको छ ।

    मलमल कुर्तावालीको पूरा भिडियो ।

    https://www.youtube.com/watch?v=Nmd6Xwh0GrQ&feature=youtu.be&fbclid=IwAR0A_MCTZCyyKKezknZdukVPd9z5Q-PxJQopsFe7GJtIHd7TTD_hpic13Mo

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया