बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    समिकरण न्युज २०७७, १७ कार्तिक सोमबार १६:०४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३ पुरुष २ महिला र तादी गाउँपालिकाका १ पुरुष १ महिलामा कोरोना भाइस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिनुभएको छ । कार्कीको अनुसार थप भएका सातै जना सङ्क्रमित होम आइशुलेसनमा रहेका छन् ।
    थप भएका ७ सहित नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय १३ पुगेको छ । ती मध्ये २ सय २ जना कोरोना मुक्त भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ । हाल अस्पतालको आइशुलेसनमा ९, आइशुलेसन सेन्टरमा १३ र होम आइशुलेसनमा २ सय ८८ जना रहेका छन् ।
    कोरोना भाइरस परिक्षणको लागि ६ हजार २ सय ४० जनाको स्वाव सङ्कलन गरिएकोमा ६ हजार १ सय ३८ को नतिजा आइसकेको छ घने १ सय २ जनाको नतिजाा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया