बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा थप ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    समिकरण न्युज २०७७, १८ कार्तिक मंगलवार १६:१६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा थप ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    पछिल्लो २४ घण्टामा विदुर नगरपालिका भित्रका मात्रै ३१ पुरुष र २१ महिलालाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार लिखु गाउँपालिकाका २ महिला, पञ्चकन्या गाउँपालिकाका ३ पुरुष १ महिला, तादी गाउँपालिकाका १ महिला र ककनी गाउँपालिकाका १ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    थप भएका ६० सङ्क्रमित नै होम आइशुलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ । खनालको अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ४७ रहेको छ । पछिल्लो समय थप भएको ६० सँगै जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय ७३ पुगेको छ । ती मध्ये २ सय २३ जना कोरोना मुक्त भइसकेका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया