बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुग्यो ।

    समिकरण न्युज २०७७, १९ कार्तिक बुधबार १७:४९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको बताउनुभएको छ ।
    पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ ।
    त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।
    यस्तै नुवाकोटमा थप एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय विदुर नगरपालिका भित्रका १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । योसँगै नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय ७४ पुगेको छ । ती मध्ये २ सय २३ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित ३ सय ४८ जना रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया