बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • जिल्ला प्रशासन कार्यालयले आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने

    समिकरण न्युज २०७७, १९ कार्तिक बुधबार १८:३६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या निरन्तर वृद्धि भइरहेकोले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई आलोपालो प्रणालीबाट प्रवाह गर्न लागेको छ ।
    कोरोना भाइरसको जोखिमबाट बच्नलाई सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले प्रशासन कार्यालयमा हुने सेवाग्राहीको भिडलाई समेत मध्यनजर गरेर स्थानीय तहका नागरिकहरुलाई आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्न लागिएको हो । प्रशासन कार्यालयबाट नै कर्मचारी र सेवाग्राहीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकोले १२ स्थानीय तह मध्ये एक स्थानीय तहका नागरिलाई हप्तामा २ दिन सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
    प्रशासन कार्यालयबाट सार्वजनिक गरिएको सूचना अनुसार सुक्रवारदेखि अर्को सूचना नआएसम्मको लागि आइतवार र वुधबार विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिनेछ । यस्तै सोमबार र विहिवार बेलकोटगढी नगरपालिका, तार्केश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिनेछ भने मंगलवार र शुक्रवार पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ ।
    साथै स्थानीय तह र वडा कार्यालयबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका नागरिकले छुट्टै निवेदन लेख्नुपर्ने छैन भने प्रशासन कार्यालयमा पेश गर्नुपर्ने कागजातको फोटोकपी समेत निशुल्क गर्न पाइनेछ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया