शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • शिलादेवी युवा क्लवको अध्यक्षमा समिर तामाङ चयन ।

    समिकरण न्युज २०७७, २१ कार्तिक शुक्रबार २२:१७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । सूर्यगढी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित शिलादेवी युवा क्लवको नयाँ कार्य समिति गठन गरिएको छ ।
    क्लवको छैटौँ साधारण सभाबाट समिर तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर तामाङ, प्रथम उपाध्यक्षमा झंकबहादुर तामाङ, द्धितीय उपाध्यक्षमा गोविन्द सुनार, सचिवमा पूर्णबहादुर सुनार र कोषाध्यक्षमा विमला सुनार चयन भएका छन् ।
    यस्तै क्लवको सदस्यहरुमा मनिषा परियार, अञ्जली तामाङ, रामकुमार तामाङ, रामकाजी सुनार र कमलेबहादुर तामाङ रहेका छन् ।
    विसं २०७१ सालमा स्थापना भएको क्लवले रक्तदानसँगै , जनचेतनामुलक कार्यक्रम , सास्कृतिक कार्यक्रम, सरसफाईको साथै बृशारोपण जस्ता कार्यक्रमहरु गर्दै आएको सस्थापक अध्यक्ष रमेश विश्वकर्माले बताउनुभएको छ ।
    क्लवलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र र साधारण सदस्य बन्न इच्छुक ब्यक्तिलाई साधारण सदस्यता प्रमाणपत्र प्रदान गरिएको सस्थापक अध्यक्ष विश्वकर्माले बताउनुभएको ।

    उहाँको अनुसार क्लवको आजिवन सदस्य १८ जना रहेका छन् भने १ सय ४७ जना साधारण सदस्यता रहेका छन् । साथै विश्वकर्माले क्लव सञ्चालनको लागि ३२ हजार रुपैयाँ नयाँ कार्य समितिलाई प्रदान गर्नुभएको छ । सस्थापक अध्यक्ष बिश्वकर्माले आगामी दिनमा क्लवको प्रगतिको लागि आफ्नो तर्फबाट मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
    गत आर्थिक वर्षदेखि आफ्नै भवनबाट क्लवले आफ्नो गतिविधि सञ्चालन गर्दै आइरहेको छ । क्लवको भवन निर्माण गर्नको लागि प्रदेश सांसद बद्रि मैनालीको पहलमा वागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट ५० लाख रुपैयाँ उपलव्ध भएको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया