बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • निजी आवास पुननिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय

    समिकरण न्युज २०७७, २१ कार्तिक शुक्रबार २२:२६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ ।
    आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ ।
    त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ बैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।
    प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताउनुभएको छ । त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया